Comments Add Comment

यी हुन् प्रेस काउन्सीलबाट पुरस्कृत हुनेहरु

गोपाल दास पत्रकारिता पुरस्कारबाट आचार्य सम्मानित

Press_Council_Prize
राष्टपति विद्या भण्डारीसँग सामुहिक तस्वीर खिचाउँदै पुरस्कृत पत्रकार लगायत । तस्वीर: रासस

६ असोज, काठमाडौं । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा बिभिन्न विधामा ३१ जना पत्रकारहरु पुरस्कृत भएका छन् । राष्ट्रपति विद्या भण्डारीले विहीबार शितल निवासमा आयोजित कार्यक्रममा पत्रकारहरुलाई सम्मान गरिन् ।

गोपाल दास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य सम्मानित भएका छन् । यो पुरस्कारको राशी १ लाख पाँच हजार रुपैयाँ छ ।

आचार्य हाल प्रधानमन्त्री प्रचण्डको प्रेस सल्लाहकार छन् । उनी माओवादी केन्द्रको पोलिटव्यूरो सदस्य समेत हुन् ।

यसैगरी १ लाख पाँचहजार रुपैयाँ राशीकै सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कारबाट परशु घिमिरे (ललितपुर) सम्मानित भएका छन् ।

बुटवल टुडेलाई आचारसंहिता पुरस्कार

प्रेस काउन्सील आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकले पाएको छ । आचारसंहिता पुरस्कारको राशी २५ हजार रुपैयाँ छ ।

बुटवल टुडे दैनिकको प्रधान सम्पादक सूर्य राना छन् ।

साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई प्रदान गरिएको छ ।

यसैगरी स्तम्भलेखन पुरस्कार कृष्णमुरारी ढुंगेल, गोविन्दप्रसाद भट्टराई र दयाराम डाँगीले पाएका छन् ।

भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङछाले पाएका छन् ।

साहित्यिक, स्तम्भलेखन र भाषागत पुरस्कारको राशी १५-१५ हजार रुपैयाँको छ ।

महिला सशक्तिकरण पुरस्कार कविता थापा, मनिषा श्रेष्ठ महरा र दुर्गा भण्डारीले पाएका छन् ।

सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार चार जनालाई दिइएको छ । यो विधाको पुरस्कार पाउनेहरुमा महेश दास, डा. राजेश अहिराज र देवराज -डिआर) पन्त र पवन आचार्य रहेका छन् ।

समावेशी पत्रकारिता पुरस्कार पाउने पत्रकारहरु ६ जना छन् । शितल महतो, विष्णुलाल बुढा, माधवप्रसाद चम्लागाईं, रोशन सावाँ, सुशील दर्नाल र लक्ष्मीकुमारी चौधरीलाई यो पुरस्कार दिइएको छ ।

युवा सशक्तिकरण पुरस्कारबाट उपेन्द्र केसी, हेमन्तकुमार पौडेल, लेखनाथ न्यौपाने, भुवन शर्मा र श्यामसुन्दर यादवले पाएका छन् ।

लेखन पत्रकारिता पुरस्कारबाट गणेश लम्साल, प्रकाशकुमार खतिवडा, मोतिराम तिमल्सेना र रिषव गौतमलाई पुरस्कृत गरिएको छ ।

क्रियाशील पत्रकारिता पुरस्कारबाट शेखर अधिकारी, प्रदिपराज वन्त र विनोद शाहीलाई सम्मान गरिएको छ ।

महिला सशक्तिकरण, सशक्त सञ्चारकर्मी, समावेशी, युवा सशक्तिकरण, लेखन र क्रियाशील पत्रकारिता पुरस्कारको राशी जनही १०-१० हजार रुपैयाँ छ ।

बोहोरा र महर्जन उत्कृष्ट कर्मचारी

प्रेस काउन्सीलले वर्षको उत्कृष्ट कर्मचारीबाट दुई जना कर्मचारी सम्मानित भएका छन् । सूचना प्रविधि अधिकृत रामशरण बोहोरा र कार्यालय सहयोगी श्यामबाबु महर्जनलाई वर्षको उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको हो ।

बोहोराले २० हजार र महर्जनले १५ हजार रुपैयाँ पाएको प्रेस काउन्सीलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment