Comments Add Comment

करिनाको कपाल मोह, गर्भवती हुँदा अनुहारको चमक बढेको दाबी

kareena kapoor long hari
बलिउडमा थुप्रै सफल चलचित्र दिइसकेकी नायिका हुन् करिना कपुर । जो अहिले आमा बन्ने प्रतिक्षामा छिन् । उनै करिना आफ्नो हरेक चलचित्रमा लामो आकर्षक कपालका साथमा नै देखिएकी छिन् । कुनै पनि त्यस्तो चलचित्र छैन, जुन चलचित्रमा उनले कपाल काटेकी हुन् । करिना चलचित्रका लागि आफूले कपाल काट्न नचाहेको बताउँछिन् ।

चलचित्रका अलवा अन्य केही यस्ता स्थान पनि थिए, जहाँ करिनालाई कपाल काट्नुपर्ने थियो । तर, उनले विग लगाइन्, कपाल काटिनन् । सन्तानको प्रतिक्षा गरिरहेकी करिना भन्छिन्-गर्भवती समयमा मेरो स्किन त राम्रो भएको छ नै, कपाल पनि त्यती राम्रो थिएन जति अहिले छ ।

उनले आफू कपाललाई लिएर क्रेजी भएको बताइन् । आफ्नो लामो कपालकै कारण केही चलचित्रमा आफू राम्री देखिएको दाबी करिनाको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment