Comments Add Comment

उही पुराना बसमा दसैंको यात्रा, नयाँ नथपिने

New-Buspark-Kathmandu७ असोज, काठमाडौं । विगत केही वर्षदेखि दसैंमा यात्रुहरूले अत्याधुनिक सुविधासहित नयाँ बसमा आरमदायी यात्रा गर्न पाउने सुविधा यसपटक भने नपाउने भएका छन् ।

यातायात व्यवसायीले यस पटक नयाँ बस नल्याउने भएपछि यात्रुहरुले पुरानै बसमा यात्रा गर्नुपर्ने भएको हो । गत वर्ष भारतीय नाकाबन्दी  र इन्धन अभावले केही मात्रामा मात्रै नयाँ बस थपिएका थिए ।

यो वर्ष भने ग्यारेजमा ७ सयको हाराहारीमा  नयाँ बस बन्दै गरेपनि व्यवसायीले प्रयोगमा नल्याउने भएका हुन्न् ।

व्यवसायीहरुले लगानी नै धरापमा पर्ने अवस्था सिर्जना भएको भन्दै नयाँ बस थप्न नसक्ने बताएका छन् । तर केही वर्षदेखी यात्रुले दशैंमै सुविधासम्पन्न, आरमदायी सिटमा यात्रा गर्ने पाइरहेको थिए ।

व्यवसायीले नयाँ बस नथप्ने भएसँगै केही मात्रामा दशैंमा यात्रुबाहक बस कम हुने भएको छ ।  लामो तथा छोटा दुरीमा विगतका वर्षहरुनै आयात भएका पुराना बसमा यात्रा गर्न पर्ने नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले अनलाइनखवरसँग बताए ।

हरेक वर्ष जस्तै अपग्रेड भएर आउने बसमा यात्रुले यात्रा गर्न नपाएपनि  उही पुराना र मर्मत गरिएको बसमा भने यात्रा गर्न पर्ने सिटौलाले बताए । अहिले यातायात क्षेत्र  चारैतर्फबाट आक्रमण भएको छ’, सिटौलाले भने, ‘सवारी भित्याउँदै गर्दा रुट परिमिटको समेत समस्या छ ।’

सामान्य भन्दा पाँच गुणा बढी

नयाँ बस नआएपनि दशैं तथा तिहारको बेलामा पाँच गुण बढी यात्रुबस उपत्यकाको चारै नाका भएर आवतजावत गर्ने उनले बताए ।

सामान्य अवस्थामा उपत्यकाबाट दैनिक १ हजारको संख्यामा यात्रुबस आवतजावत गर्छ । तर दैशै तथा तिहारको बेलामा त्यो संख्या बढेर ५ हजारको हाराहारीमा पुग्ने सिटौलाले बताए । दशैंमा मात्रै उपत्यकाबाट ४० लाखको हाराहारीमा यात्रु बाहिरी जिल्ला जाने गर्छन् ।

यस्तो अवस्थामा  टिकट बुकिङ खुलेको १५ दिन सामान्य चाप हुने र त्यसपछि सात दिन अत्याधिक चाप हुने सिटौलाको  भनाई छ । तर दशैको वेलपाती देख अिष्टमीको दिनमा भनेृ अनकन्ट्रोल रुपमा सवारी चाप बढ्ने उनले बताए । सहज र  आरमदायी यात्राको लागि यात्रुले पनि अन्तिम समयमा भन्दा केही दिन अगाडिनै यात्रा गर्न उनले आग्रह गरेको छन् ।

विमानमा भन्दा सुविधा

यातायात व्यवसायीहरुले अहिले लामा दुरीमा चल्ने यात्रुवाहक बसमा आन्तरिक उडान भर्ने विमानमा भन्दा अत्याधुनिक सुविधा रहेको दाबी गरेका छन् ।

लामादुरीमा चल्ने बसमा आरमदायी सिट, वाईफाई,  बसभित्रै शौचालय, खानेपानीको सुविभा र एसीसम्मको सुविधा रहेको  सिटौला बताउँछन् । ‘विमानमा सुतेर यात्रा गर्न सक्ने अवस्थाका सिट छैनन्’, उनले भने ‘बसमा भने पूर्णररुपमा स्पेश सहितका सुतेर जाने मिल्ने सिट छन् ।’

यात्रुलाई सुविधा नदिए कारबाही

यात्रुलाई यातायात व्यवसायीले टिकट  लिने बेलामा भने अनुसारको सुविधा नदिने गरेको गुनासो बढ्दो छ ।

कतिपय यात्रुले भने कलंकीका खोलेको फेसबुक मुग्लिन पुगेपछि मात्र चल्ने  अवस्थाको वाई फाई, मोबाइन चार्ज पोइन्टमा लाइन नहुने, एसी भने पनि पंखा पनि नचल्ने राखेर यात्रुसँग मनोमानी शूल्क असुल गर्ने गरेको यात्रुको गुनासो छ ।

सरकारले पनि यसपटकबाट सामान्य बसमा भन्दा डिलक्समा २० प्रतिशत र एसी बसले ४० प्रतिशत भाडा लिने पाउने व्यवस्था गरेको अवस्थामा यात्रुलाई  भने अनुसारको सुविधा नदिए व्यवसायी महासंघले नै कारबाही गर्ने सिटौलाले बताए ।

सरकारले पनि यात्रुले भने अनुसारको सुविधा नदिने बसलाई ठाउँको ठाउँमै कारबाही गर्ने सडकमा अनुगमन गर्न टोली खटाउने भएको छ ।

भनेअनुसारको सुविधा नदिने बस अनुगमन टोलीले फेला परे यात्रुले तिरेको भाडा फिर्ता गराउने र सावारी साधनलाई पनि कानुन अनुसार ५ हजार जरिवाना गर्ने यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए । ‘यात्रु पनि सचेत हुन आवश्यक छ’ श्रेष्ठले भने, ‘अप्ठरोमा  र ठग्गीएमा सरकारले सञ्चालन गर्ने नागरिक सहायात केन्द्रमा खवर गनुहोस ठाउँको ठाउँमै कारबाही हुन्छ ।’

छतमा यात्रु बोक्नेलाई महासंघले नै गर्छ कारबाही

दशैंको समयमा यात्रुवाहक बसले छतमा यात्रु नराख्न महासंघले सबै व्यवसायी, मदजुर, चालक तथा सह-चालकलाई आग्रह गरेको छ । कोही कसैले महासंघको आग्रहलाई वेवस्ता गरी छतमा यात्रु राखेको अवस्थामा हुने कारबाहीमा महासंघले व्यवसायीलाई सहयोग गर्न नसक्ने बरु  कारबाही गर्न सरकारलाई सहयोग गर्ने सिटौलाले बताए ।

तर सिट संख्या भन्दा बढी यात्रु आफै यात्रा गर्न चाहेको अवस्थामा बसभित्र व्यवस्थापन गरेर  सवारी सञ्चालन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment