Comments Add Comment

वैद्य माओवादीका नेता दिनेश शर्मासहित १५ जना पक्राउ

७ असोज, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा नेवा राज्य संयोजक दिनेश शर्मासहित १५ जना नेता-कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dinesh-Sharmaशुक्रबार बिहान सुन्धाराबाट शर्मासहित, नेताहरु पवन श्रेष्ठ, हरिकृष्ण गुजुरेल, शारदा महत, जय दाहाललगायतलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

चन्दा संकलनको क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विरोधमा शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले नियन्त्रणमा लिएको अध्यक्ष मोहन वैद्यले जानकारी दिएका छन् । पक्राउ परेकाहरुलाई पुलिस क्लबमा राखिएको वैद्य माओवादीले जनाएको छ ।

कार्यकर्ता पक्राउको विरोधमा वैद्य माओवादीले शुक्रबार विहान १० बजेदेखि ११ बजेसम्म काठमाडौंमा चक्काजाम आह्वान गरेको थियो । ति नेताहरु चक्काजाम सफल बनाउन भन्दै सुन्धारा पुगेका थिए ।

चन्दा संकलन गर्न परिचालित क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा पूर्वसभासद शिवराम यादव, अखिल क्रान्तिकारीका केन्द्रीय सहसंयोजक राम नेपाली, केन्द्रीय सदस्य महेश श्रेष्ठ र दिपेन्द्र सुनुवारलाई प्रहरीले बुधबार काठमाडौंको बागबजारबाट पक्राउ गरेको थियो । सोको विरोधमा वैद्य माओवादीले चरणबद्ध आन्दोलन घोषणा गरेको छ ।

अध्यक्ष वैद्यले शुक्रबार विज्ञप्ति निकालेर पक्राउ परेका सबै नेता-कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment