Comments Add Comment

पुनर्निर्माणमा जुट्न जीवन र संचिताले गरे यसरी आग्रह

puna nirman song
पूननिर्माणमा जुट्न आग्रह गर्दै तयार भएको एक गीतको भिडियो सार्वजनिक भएको छ । डाक्टर भीष्मकुमार भूसालको शब्दमा तयार भएको ‘उठ जाग’ बोलको गीतको भिडियो तयार भएको हो ।

भ्रष्टचार विरुद्धको अभियन्ता तथा भूकम्प पश्चात पूननिर्माणमा खटिएका डाक्टर भूसालको ३ महिनामा ३ गीत सार्वजनिक भैसकेका छन् । पूननिर्माणका लागि यूवाहरु जुटेमा भूकम्पले भत्काएका संरचना बनाउन समय नलाग्ने सन्देश गीतले दिएको छ ।

बसन्त सापकोटाको संगीत रहेको गीतमा रामकृष्ण ढकाल र स्मिता दाहालको स्वर छ । दिपक आचार्यले भिडियोको निर्देशन गरेका हुन् भने सुदिप बरालको छायांकन, अमन मानन्धरको सम्पादन भिडियोमा छ । भिडियोमा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेलले मोडलिङ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment