Comments Add Comment

सुदूरपश्चिम पृतनाबाट हराएको हतियार पर्खालको चेपमा भेटियो, तीन जना पक्राउ

Nepal-Army

७ भदौ, काठमाडौं । गत साउन २१ गते सेनाको दिपायलस्थित सुदूरपश्चिम पृतनाबाट हराएको हतियार पृतनाकै पर्खालको चेपमा भेटिएको छ । हतियार चोरेको अभियोगमा ३ जना पक्राउ पनि परेको स्रोतले बतायो । पक्राउ परेकाहरु सैनिक हुन् की गैरसैनिक खुलाइएको छैन ।

स्रोतका अनुसार हतियार शुक्रबार बिहानै पृतनाको पर्खालको चेपमा फेला परेको थियो । दुई नम्बर गेटको कुलपाते जाने बाटोको इलाकामा एसएमजी भेटिएपछि त्योसँगै हराएको गोलीसहित म्याग्जीन पनि भेटिएको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।

अनलाइनखबरसँग कुरा गर्दै सैनिक प्रवक्ता सहायक रथी कार्कीले भने, ‘हराएको हतियारसहित गोली र म्याग्जीन पनि पृतनाको पर्खालको चेपमा भेटिएको हो, पक्राउ परेकाहरुबारेमा मलाई थाहा छैन ।’

सेनाको हतियार हराएपछि सेनाले आन्तरिक रुपमै अनुसन्धान गरेको भए पनि केही दिनदेखि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि दिपायल पुगेको थियो । एसपी दिवश लोहनी नेतृत्वको पाँच जनाको अनुसन्धान टोलीले हतियार पत्ता लगाउन खटिएको थियो ।

स्रोतले भन्यो, ‘हतियार बिहानै ल्याएर पर्खालको चेपमा राखेको देखिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment