Comments Add Comment

दबंग खान, सधै बुवाले जोगाइदेलान् त मान-सम्मान ?

salmankhan-salimkhan

नायक सलमान खान चलचित्रको पर्दामा एकसाथ दर्जनौ खलनायकलाई कुट्छन् । नायक ऋतिक रोशन क्रिस भनेर दुनियालाई अचम्मित बनाउने काम गर्छन् । तर, जब बाहिरी दुनियामा कुनै न कुनै विवादमा यी स्टार फस्छन्, त्यसको हल आफै गर्न सक्दैनन् ।

चलचित्र ‘मोहेन्जो दारो’को असफलताले ऋतिकलाई ठूलो ठक्कर परेको छ । तर, उनका पिता राकेश रोशन भने यो गल्ती ऋतिकको नभई स्पेशल इफेक्ट्सको भएको बताउाछन् ।

ऋतिकले चलचित्रमा राम्रो काम गरेको तर अन्तिमको २० मिनेट लामो स्पेशल इफेक्ट्सले गर्दा चलचित्र ध्वस्त भएको भन्दै राकेशले छोराको बचाउ गरेका छन् ।

यस्तो बचाउ नायक सलमान खानका पिता सलिम खानले कैयौ पटक गरिसकेका छन् । चाहे, आतंकवादी बचाउको कुरा होस् या बलात्कारको बिषयमा गरिएको कमेन्ट्स नै किन नहोस् । सलमान त बोलेर छाडिदिन्छन्, तर उनको बचाउ पिता सलिम खानले नै गर्नुपरेको छ । यसको अर्थ, पर्दामा दबंगगिरी देखाउने यी स्टार बाहिरी दुनियामा भने बाबुको साहारा लिएर बच्ने कोशिश गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment