Comments Add Comment

बालिका बलात्कार गरेको आरोपमा बृद्ध पक्राउ

८ असोज, पोखरा । घरमा काम गर्न राखेकी वालिकालाई यौन शोषण गरेको आरोपका कास्की प्रहरीले एक वृद्धलाई पक्राउ गरेको छ ।

rape victimआफ्नै घरमा काम गर्दै आएकी करीब १४ वर्षीय भारतीय बालिकालाई डरधम्की दिई यौन शोषण गरेको आरोपमा प्रहरीले पोखरा शीतलादेवी बस्ने ६२ वर्षीय बीरबहादुर विकलाई पक्राउ गरेको हो ।

पक्राउ परेका विकलाई जवरजस्ती करणी मुद्दामा शुक्रबार म्याद थप गरी अनुन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।

यौन शोषण बारे महिला, बालबालिका कार्यालय कास्कीले अनुसन्धान गरेर कार्वाहीका लागि जिल्ला अदालत कास्कीमा सिफारिश गरेको हो । अनुसन्धानका क्रममा लिइएको बयानमा वालिकाले आफूमाथी पीडक विकले पटक/पटक यौन शोषण गरेको बताएकी छिन् । पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्यूनीकरण कार्यक्रममा पीडित बालिकाले आफू माथि यौन शोषण भएको लिखित रुपमै जानकारी गराएपछि बुधबार उनको उद्दार गरिएको थियो ।

बाल श्रम न्यूनीकरण कार्यक्रमले जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालय र नगरपालिकाको महिला तथा बालबालिका शाखा र जिल्ला प्रहरी कार्यालयलाई उक्त लिखित जानकारी पठाएपछि उनको उद्दार गरिएको प्रहरीले जनाएको छ ।

बालिकाले सुरु सुरुमा विकले खुट्टा माड्न लगाउने गरेको, पछि सम्वेदनशील अंगमा छुने र रातिसँगै लिएर सुतेको लिखित रुपमै जानकारी गराएकी छन् । सुत्दा पटक-पटक विकले आफूसँग यौन सम्पर्क गरेको समेत उनको दाबी छ ।

यो कुरा कसैलाई भने मारिदिन्छु भनेर विकले धम्क्याउने गरेको पीडित बालिकाले उद्धार टोलीसँग बताएकी थिइन् । बालिकालाई माटेपानीको बालबालिका केन्द्रमा पढ्नको लागि पठाउन भन्दा पनि विकले लामो समय पठाएका थिएनन् ।

ती बालिका बालबालिका सम्पर्क केन्द्रमा पुगेको बेलामा आफू यौन शोषणमा परेको बताएपछि घटना बाहिर आएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment