Comments Add Comment

धादिङमा १२ स्थानीय सरकार गठनको प्रस्ताव

एक बिशेष हिमाली क्षेत्र र चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न माग

 

dhading

१० असोज, काठमाडौं । जिल्ला विकास समितिको नेतृत्वमा बन्ने प्राविधिक समितिले धादिङ जिल्लामा १ नगरपालिका र ११ गाउँपालिका सहित १२ वटा स्थानीय तह गठनको प्रस्ताव गरेको छ ।

स्थानीय तहको संख्या र सिमांकन निर्धारण आयोगले धादिङलाई बढीमा ११ वटासम्म स्थानीय तह गठन गर्न सक्नेगरी सिलिङ तोकेको थियो ।

तर आयोगले तोकेको सिलिङभन्दा थप एउटा संख्या बढाएर १२ स्थानीय तह प्रस्ताव गरेको हो । देशको राजधानीसँग जोडिएको र मुख्य राजमार्गले छोएको भएपनि धादिङको आर्थिक अवस्था भने कमजोर देखिएको छ ।

राजधानीसँग जोडिएको जिल्लामा १२ वटा स्थानीय तह घोषणा हुँदा एउटा मात्र नगरपालिका गठन हुने मापदण्ड पूरा भएका छन्, बाँकी सबै गाउँपालिका बन्ने भएको हो ।

त्यसमध्ये एक गाउँपालिकालाई बिशेष हिमाली क्षेत्र र अर्को चेपाङ बाहुल्य क्षेत्रलाई चेपाङ बिशेष संरक्षित क्षेत्र घोषणा गर्न आयोगलाई सिफारिस गरेको छ ।

चार गाविस गाभ्ने प्रस्ताव

बिशेष हिमाली क्षेत्रमा प्रस्तावित रुवी भ्याली गाउँपालिकालाई धादिङको जिल्ला प्राविधिक समितिले बिशेष हिमाली क्षेत्रको रुपमा प्रस्ताव गरेको हो । उक्त गाउँपालिकामा लापा, सेर्तुङ, तिप्लिङ र झार्लाङ गरी चार गाविस गाभ्ने प्रस्ताव गरेको छ ।

यस्तै जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान, गजुरी र पिडा गाविसका चेपाङ समुदायको बाहुल्यता रहेका वडाहरु र चितवन र मकवानपुरका महाभारत लेकमा रहेका चेपाङ जातिलाई समेटेर एकीकृत चेपाङ विशेष क्षेत्र घोषणा गर्न आयोगलाई सिफारिस गरेको छ ।

हेर्नुहोस् प्रस्तावित गाविस र वडा बिभाजन 

क्र.सं. गाउँपालिका तथा नगरपालिकाको नाम केन्द्र समावेस हुने गाविस तथा नगरपालिकाहरु जनसंख्या (जनगणना २०६८ अनुसार) कैफियत
१. रुवी भ्याली गाउँपालिका साविक सेर्तुङ गाविसको वडा नं. ४ चालिस लापा, सेर्तुङ, तिप्लिङ, झार्लाङ १३,७२० विशेष हिमाली क्षेत्र
२. डापजोङ गाउँपालिका मार्पाक ७, सापटारी दार्खा, सत्यदवेवी, मार्पाक, कटुन्जे, सेम्जोङ २१,४६१
३. गंगाजमुना गाउँपालिका मण्डली, फुलखर्क बसेरी, बुढाथुम, फुलखर्क, री, गुम्दी २१,७८४
४. सल्यान्टार गाउँपालिका सल्यान्टार सल्यानटार, आगिन्चोक, त्रिपुरेश्वर, सल्यानकोट, मुलपानी २२,९६०
५. ज्वालामुखी गाउँपालिका साधभन्ज्याङ चैनपुर, खरी, ढोला, ज्यामरुङ २१,७६१
६. सिद्धलेक गाउँपालिका ढापभन्ज्याङ नलाङ, सलाङ, मैदी २२,९२०
७. निलकण्ठ नगरपालिका धादिङबेसी निलकण्ठ, खाल्टे, धुवाकोट ५१,५१७
८. धुनिवेसी गाउँपालिका धुनिवेसी छत्रे, जीवनपुर, नौविसे ३१,०२९
९. महादेववेसी गाउँपालिका महादेववेसी थाक्रे, तसर्पु, केवलपुर, भूमेस्थान ३०,७८५
१०. गल्छी बैरेनी गाउँपालिका डल्टार बैरेनी, कल्लेरी किरान्चोक, गोगनपानी ३३,७९०
११. गजुरी गाउँपालिका गजुरी गजुरी, पिडा, कुम्पुर ३१,०९०
१२. रोराङ गाउँपालिका विशालटार जोगिमारा, धुषा, बेनिघाट, महादेवस्थान ३१,४७५
जम्मा ३३४,२९२

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment