Comments Add Comment

पशुपतिमा श्राद्धः दक्षिणाले यजमान हैरान

shradha११ असोज, काठमाडौं । ‘आज बोहनी नै भएन’, सोह्र श्राद्धमा पितृलाई पिण्डसहित तार्न पशुपति आउने यजमान आफूकहाँ नआएपछि आसन कसेर बसेका ब्राहृमणबीच प्रचलित संवादको यस वाक्यले ब्राहृमणहरू पितृको उद्धार गर्न आसन जमाएका हुन् वा कमाउन बसेका हुन् ? भन्ने संशय यजमानलाई भएको छ ।

कसैको बोहनी राम्रै हुन्छ, कसैको हुँदैन, पशुपति भुवनेश्वरी डबलीमा रहने कर्मकाण्डी ब्राहृमण अच्युतप्रसाद पौडेलले भने ।

यसो त बोहनी भए पनि नभए पनि आसनमा बसेका यजमानलाई सुरुमा पाँच रुपियाँदेखि दुनामा दश बीस पचास हुँदै एकसय र पाँच सय हजारसम्मको द्रव्य पटक पटक राख्न लगाएर हैरान गर्ने ब्राहृमणको लर्को पशुपति क्षेत्रमा रहेको समाचार आजको गोरखापत्र दैनिकमा समाचार छ ।
मावलीपट्टकिा पितृ, आˆनै घरतर्फका पितृ, अन्य पितृको नाममा तर्पण सङ्कल्प गर्दा आसन छेउमा घिसारिएर आएको दुनामा दिनुपर्ने द्रव्यले यजमान त्रसित भए, चार पाँच सय रुपियाँमा सक्याउने गरी आसनमा रहँदा झन्डै पन्” सय रुपियाँ दक्षिणाको मारमा परियो, छिटै आसन छोड्ने प्रपञ्च नगरेको भए यसभन्दा बढी मारमा परिने रहेछ ।  अहो ! गोजीमा अलि पैसा नहालेको भए त लाजमर्दो हुने रहेछ, यजमान गौरीघाटका बद्री पुडासैनीले भने ।

पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले सोह्र श्राद्धका ब्राहृमण मात्र नभएर अरु बेला पनि यस्तो झमेलामा यजमान परेको गुनासो कोषमा आइरहेको बताउँछन् ।  कोषले निश्चित दक्षिणा तोकिदिन सकेको छैन तर ब्राहृमणको ज्ञान, चालचलन र आनीबानीबारे परीक्षण गर्ने व्यवस्था गरेको छ ।

जानेका ब्राहृमणले नजानेका ब्राहृमणको परीक्षा लिएर आसनमा बस्ने अनुमति दिने व्यवस्था छ ।  यजमानका यी गुनासा हटाउन ब्राहृमणउपर अन्य परीक्षा लिने तयारीमा कोष पुगेको छ ।

पशुपति क्षेत्रमा भेषभूषा र अनुहारले ब्राहृमण हो भनी अनुमान गर्न सकिने झन्डै तीनसय ब्राहृमण सोह्र श्राद्धका लागि घाटमा टहलिइरहेका भेटिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment