Comments Add Comment

‘ग्राहक नै शिवम् सिमेन्टका ब्राण्ड एम्बेसडर हुन्’

नेपालमा दर्जनभन्दा बढी सिमेन्ट उद्योगहरु सञ्चालनमा छन् । पछिल्लो समयमा स्वदेशी सिमेन्टले विदशी सिमेन्टलाई विस्थापित गर्न सक्ने गरी चुनौति पेश गरिसकेका छन् ।

यसैकारण नेपाल सिमेन्टमा आत्मनिर्भर बन्न सक्ने अवस्था देखिएको छ । लगानीमा मात्रै नभएर विदेशी सिमेन्टसँग गुणस्तरमा पनि नेपाली सिमेन्टहरु प्रतिस्पर्धा गरिरहेका छन् । विदेशी सिमेन्टलाई चुनौति दिनेमध्ये एक हो, शिवम् सिमेन्ट ।

यो सिमेन्ट बजारमा आएको छोटै समयमा निकै रुचाइएको थियो । अहिले यो सिमेन्टले नेपाली बजारमा गज्जबको प्रभाव छोडिरहेको छ भने भारतीय बजारमा निर्यातको समेत ढोका खोलेको छ । नेपाली सिमेन्ट उद्योगको अग्रणी ब्राण्ड बन्न सफल शिवम् सिमेन्टको सफलता र नेपाली सिमेन्ट बजारको सम्भावनाबारे शिवम् सिमेन्टका उपाध्यक्ष साजन देवकोटासँग गरिएको कुराकानीको संक्षेपः-

sajan-devkota
शिवम् सिमेन्टको बजार अहिले कुन अवस्थामा छ । जुन लक्ष्य लिएर बजारमा आउनुभएको थियो, त्यो पुरा हुने क्रममा छ ?

शिवम् सिमेन्टको बजार अहिलेको अवस्थामा सन्तोषजनक छ । सबैभन्दा पहिलो कुरा त जसरी पहिलेदेखि नै हामीले गुणस्तरलाई केन्दि्रत गरेर हामी बजारमा प्रवेश गरेका थियौं । त्यसले गर्दा उपभोक्ताहरुको हामीप्रति विश्वास आर्जन भएकै थियो ।

त्यसमा पनि हामीले नाकाबन्दीको समयमा जसरी उपभोक्ताको आवश्यकता पूर्ति गर्न सफल भयौं, त्यसले झन हाम्रो विश्वास र हामीप्रति ग्राहकको बिश्वास बलियो भयो । त्यसैले जहाँ हाम्रो उपस्थिति छ त्यहाँ शिवम् सिमेन्टको बजार मजबुत छ ।

बजारमा धेरै स्वदेशी सिमेन्ट छन् । यसैको भीडमा रहेको शिवम् अन्यभन्दा के कारण फरक छ ?

सिमेन्ट भनेको जीवनभरको कमाईबाट बनाउने घरमा प्रयोग हुन्छ । त्यस्तमो उपभोग्य वस्तु छनौटमा उपभोक्ताले सतर्कता अपनाउँछन् । त्यसैले गुणस्तर पहिलो सर्त हो जुन कन्सिस्टेन्ट क्वालिटी शिवम् सिमेन्टमा छ ।

त्यसैले शिवम् सिमेन्टमा उपभोक्ताहरुको विश्वास छ । हामी सिमेन्ट बिक्री मात्र गर्दैनौं, विक्रीपूर्व प्राविधिक सहयोग पनि दिन्छौं । अर्को बिक्रीपछि पनि जतिबेला सल्लाह जरुरी हुन्छ, हामी तयार हुन्छौं । यही कारणले पनि शिवम् अरुभन्दा फरक छ र रुचाइएको छ ।

गुणस्तरीयता र विश्वसनीयताको दावी सबैले गरिरहेकै छन् । आधारहरु के छन् ?

शिवम् सिमेन्टको आफ्नै चुनढुंगा खानी छ । त्यो बाहेक शिवमले आफ्नो गुणस्तरमा एकरुपता ल्याउनको लागि विभिन्न प्रविधि भित्र्याएको छ । जस्तै हामीले एक्सरे मेसिन राखेका छौं । केमिकल प्यारामिटरमा केही पनि तलमाथि भयो भने निर्माणमा समस्या आइहाल्छ ।

त्यसैले त्यो प्यारामिटर चेकजाँच गर्नको लागि पुरानो प्रविधि अनुसार धेरै समय लाग्छ । हामीले अहिले करोडौं रुपैयाँ खर्च गरेर एक्सरे मेसिन राखेका छौं, जसमा हामीले हरेक आधा घण्टामा परीक्षण गर्छौ । जसले चार मिनेटमा रिजल्ट दिन्छ । यहीे कारणले हामी गुणस्तरमा एकरुपता र विश्वासनीयतामा अगाडि छौं ।

ठूला परियोजनामा शिवमको उपस्थिति कुन अवस्थामा छ ?

हिजोको दिनमा ठूला परियोजना भने वित्तिकै भारतीय सिमेन्टको माग हुन्थ्यो । तर, आजको दिनमा जति पनि ठूला परियोजना छन्, त्यसमा नेपाली सिमेन्ट प्रयोग भइरहेको छ । र, त्यसमध्ये पहिलो रोजाइमा शिवम् सिमेन्ट पर्न सफल भएको छ ।

जस्तो चक्रपथ विस्तार, अत्याधुनिक सुविधा र नयाँ प्रविधि प्रयोग गरेर बनेका पुलमा पनि शिवम् सिमेन्टकै उपस्थिती छ । जहाँ शिवम् सिमेन्ट प्रयोग भइरहेको छ ।

यसको कारण हामीले आवश्यक समयमा चाहिएजति गुणस्तरीय सिमेन्ट उपलब्ध गराईरहेका छौं । ठूला परियोजनाले गुणस्तरको कुरा गर्दा उहाँहरुले ५३ ग्रेडको सिमेन्ट माग गर्दा पनि छुट्टै उत्पादन गरेर पुर्‍याइरहेका छौं ।

सिमेन्ट अतिसंवदेशील वस्तु भएकाले उत्पादनदेखि उपभोक्ताले प्रयोग नगर्दासम्म यसको गुणस्तर उस्तै रुपमा कायम रहनुपर्छ । नेपाली उपभोक्ता यसमा कतिको सचेत देख्नुहुन्छ ?

अरुको त थाहा भएन, तर हाम्रोमा कुनैपनि भण्डारण हुँदैन । जब माग आउँछ तब हामी उत्पादन गरेर वितरण गर्छौ । हाम्रो उद्योगमा कुनै पनि भण्डारण छैन ।

डिलरहरुमा पनि यदि बिक्री भएन भने अन्यत्र माग भएको ठाँउमा सप्लाई गरेर तत्काल बिक्रीको प्रवन्ध मिलाउँछौं । उपभोक्तामा पनि विस्तारै सिमेन्ट प्रयोगमा सचेत हुँदै गएको अवस्था हो । पूर्णरुपमा भने हुन केही समय लाग्छ ।

भूकम्पपछिको पुनर्निर्माणले विस्तारै गति लिँदैछ । बजारमा मिसेन्टको खपत बढ्न सकेको छ त ?

भूकम्पपछिको पुनर्निर्माण जसरी सुरु हुन्छ र सिमेन्टको माग बढ्छ भन्ने पूर्व सोंचाइ थियो त्यो अनुसार भएको छैन । घर बनाउन तत्काल सुरु काम हुने कुरा पनि भएन ।

यसका लागि आर्थिकदेखि प्राविधिक रुपमा समेत तयारी आवश्यक पर्छ । बरु पुनर्निर्माण अब विस्तारै गति लिइरहेको छ । सरकारले पनि पीडितहरुलाई पहिलो किस्ता बापतको रकम वितरण गरिरहेको छ । यस्तो अवस्थामा दशैं-तिहार जस्तो नेपालीहरुको महान चाडपछि निर्माणले गति लिने र खपत समेत बढ्ने आशा गरेका छौं ।

अव नेपाली सिमेन्ट भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छन् त ? किन नेपाली सिमेन्ट नै ?

भारतीय सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसक्ने भए आजको दिनमा हामी विस्थापित गर्न नै सक्ने थिएनौं । गुणस्तरमा प्रतिस्पर्धा गर्न सक्ने भएकोले नै आज भारतीय सिमेन्ट नेपाली बजारबाट विस्थापित भएको हो ।

नेपालमा पछिल्लो समयमा अर्बौं रुपैयाँ लगानी गरेर सञ्चालनमा आएका सिमेन्ट उद्योगले पनि गुणस्तरमा कुनै कमी गरेको छैन । त्यसमा पनि शिवम् सिमेन्टले ग्राहकको चाहाना अनुरुपनै उत्पादन बजारमा पठाइरहेको छ । यी नै कारण विदेशी भन्दा स्वदेशी सिमेन्ट नै प्रयोगमा उचित छ ।

शिवमको माग र उत्पादन बीचको तादम्यता मिलिरहेको छ ?

शिवम्को अघिल्लो वर्षको आँकडा अनुसार उत्पादन भन्दा माग उच्च थियो । त्यसैले गर्दा हामीले उत्पादन क्षमता पनि बढाएका छौं । त्यसैले अब हामी माग अनुसारको उत्पादन दिन सफल भएका छौं ।

सिमेन्ट उद्योगमा लगागीको होड छ । तपाईंहरु पनि थप लगानीको तयारीमा हनहुन्थ्यो ? प्रक्रिया कहाँ पुग्यो ?

शिबम् सिमेन्टमा थप लगानीमात्र होइन एक चरणको लगानी गरेर पनि विस्तार भइसक्यौं । ब्राण्डीङमा हामी सफल भइसकेका छौं भने अब क्लिंकराइजेशनमा थप लगानी गरेर अझ सक्षम बन्ने छौं । गुणस्तर र बजार माग अनुसारको उत्पादन गर्न हामी लगानी दिनप्रति बढाउँदै जाने सोंचमा पनि छौं ।

नेपाल सिमेन्टको उत्पादनमा आत्मनिर्भर बन्न सक्ने आधारहरु छन् ?

आज जसरी नेपाली सिमेन्टमा लगानी बढेको छ । यसैगरी उत्पादन पनि बढिरहेको छ र उत्पादन पनि भईरहेको छ । हामीसँग पर्याप्त कच्चा पदार्थ र लगानी छ, खाली उर्जाको उपलब्धता मात्र पर्याप्त हुने हो भने आजकै लगानीले पनि नेपाल सिमेन्टमा आत्मनिर्भर बन्ने बलियो आधार तय भएको छ । संकट समाधान गर्नको लागि जति पनि जलविद्युतको आयोजनाहरु निर्धारित मितिमा पुरा हुनुपर्छ ।

तपाइँहरुले भारतीय गुणस्तर चिन्ह पनि लिइसक्नुभयो । अब नेपाली सिमेन्ट भारतीय बजारमा निर्यातका लागि पनि बाटो खुला भएको हो ?

अब नेपाली सिमेन्ट विदेश निर्यात हुने सम्भावना नभएको होइन । यही जुन रुपमा लगानी भइरहेको छ । त्यही रुपमा हामीसँग सिमेन्ट उत्पादनका लागि आवश्यक कच्चा पदार्थ पनि उपलब्ध छ । पूर्वाधार पनि तयार भइसकेको छ ।

तर, जबसम्म उर्जा सुलभ हुँदैन तबसम्म त्यो अलि गाह्रो हुन्छ । किनभने उर्जाले लागतमा केही महंगो बनाउँछ जसले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी क्षमता गिराउँछ ।

दशैं-तिहार लगत्तै पुनःनिर्माणले गति लिने र सिमेन्टको बजार पनि बढ्ने अपेक्षा गर्नुभयो । दशैं-तिहारकै लागि कुनै उपभोक्ता स्किम ल्याउनुभएको छ कि ?

यसपटकको पर्वमा हामीले चाँदीको सिक्का उपहार योजना ल्याएका छौं । जसअनुसार हरेक चालिस बोराको खरिदमा एउटा १० ग्रामको चाँदीको सिक्का दिन्छौं ।

यो अफर योजना हरेक सन्तुष्ट ग्राहकलाई ‘हामीलाई साथ दिनुभएकोमा धन्यबाद’ भन्नलाई मात्र हो । हाम्रो गुणस्तरीयताले जितको ग्राहकको मन नै हाम्रो प्रवर्द्धक हो । ग्राहकहरु नै शिवम्को ब्राण्ड एम्बेसडर हुन् । जिन्दगी भरको कमाइले बनाउने घर शिवम्ले बनाउँदा गुणस्तरमा असर पर्दैन भन्ने जुन उहाँहरुको विश्वास छ, त्यही नै आधार हो ।

कम्पनीको अबको लक्ष्य के हो ?

अझ विस्तार गर्दै जाने मूल लक्ष्य हो । अझ परिस्कृत गर्दै लैजाने र ग्राहकको सन्तुष्टिलाई अझ बढाउँदै लैजाने हो ।

आजको दिनमा शिवम् भनेपछि ढुक्क भएर प्रयोग गर्ने अवस्था छ । हामी पनि भन्छौं कि शिवम् सिमेन्ट ढुक्क भएर प्रयोग गर्नुहोस । तर हामीले मात्र भनेर भएन । ग्राहकले जुन रुपमा रुचाएका छन्, त्यसले नै सबै प्रमाण दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment