Comments Add Comment

महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा चोरी

१४ असोज,सप्तरी ।  सप्तरीको राजविराजस्थित महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा बुधबार राति चोरी भएको छ । करिब मध्यरातमा पाँच/छजनाको समूहमा आएका चोरले क्याम्पसभित्र रहेको छवटा भवनमा लगाइएको ताल्चा फुटाएको क्याम्पस प्रमुख सर्वेशचन्द्र मिश्रले जानकारी दिए ।

Thiefउनका  अनुसार क्याम्पसमा राति दुईजना पाले सुतेपनि मध्यरातमा चोरले क्याम्पसको पश्चिमी गेटको ढोका तोडेर पसेको र क्याम्पसभित्र रहेका प्राध्यापक सङ्घको कोठा, क्याम्पसको पश्चिम ग्रिलको कोठा, जेनेरेटर कोठा, कम्प्युटर कोठा र माथिलो तल्लामा रहेको विज्ञान सङ्कायको कोठाको ताला फुटाइएको बताइएको छ ।

चोरले क्याम्पसमा ताला फुटाए पनि राति असजिलो भएपछि खासै सामान लान भने नपाएको क्याम्पस प्रमुख मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment