Comments Add Comment

प्रहरी महानिरीक्षक अर्यालको निर्देशन- सीमा अपराध रोक्न चनाखो होऊ

Upendrakanta-Aryal

१४ असोज, कन्चनपुर । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सीमा क्षेत्रको अवस्थालाई ध्यानमा राखी सम्भावित अपराध रोक्नेतर्फ विशेष चनाखो भई काम गर्न कन्चनपुर प्रहरीलाई निर्देशन दिएका छन् ।

अञ्चल प्रहरी कार्यालय महाकाली, जिल्ला प्रहरी कार्यालय कन्चनपुर, अञ्चल सशस्त्र प्रहरी गुल्म महाकाली र जिल्ला ट्राफिक प्रहरी कार्यालय कन्चनपुरमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई जिल्ला प्रहरी कार्यालय कन्चनपुरमा शुक्रबार आयोजित एक समारोहबीच अर्यालले सो निर्देशन दिएका हुन् ।

हालको बदलिँदो परिवेशमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा आफ्नो जिम्मेवारीअनुसार मर्यादित तरीकाले काम गर्न उनले निर्देशन दिएका हुन् ।

साथै प्रहरी महानिरीक्षक अर्याल र प्रहरी अतिरिक्त महानिरीक्षक केदारप्रसाद साउदसमेतको उपस्थितिमा सोही कार्यालयमा जिल्लाका बुद्धिजीबी, समाजसेवी, सञ्चारकर्मी, महिला अधिकारकर्मी, नागरिक समाज, उद्योग व्यवसायी, स्थानीय बिद्यार्थी संगठनका पदाधिकारीहरु समेतको सहभागितामा अन्तरक्रिया कार्यक्रम समेत भएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक अर्यालले सहभागीद्वारा व्यक्त गरिएका सुझाव तथा गुनासाहरुको सम्बोधन समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment