Comments Add Comment

घटस्थापनाको दिन धुर्मुसले माफी मागे

Dhurmus Suntali work at Giranchaur (8)
हाँस्य कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले माफी मागेका छन् । उनले गिरान्चौरको एकिकृत बस्ती पूर्व निर्धारित समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका हुन् । बस्ती निर्माण सुरु गर्दा घटस्थापनाको दिन स्थानियलाई हस्तान्तरण गर्ने लक्ष्य राखिएको थियो ।

तर, लक्ष्य पुरा गर्न नसेकको भन्दै उनले माफी मागेका हुन् । निरन्तरको झरीले काममा निकै वाधा पु¥याएको भन्दै सितारामले जारी गरेको भिडियोमा दशैं अगाडि बस्ती हस्तान्तरण गर्न नसकिएको बताइएको छ ।

दिनरात खट्दा पनि तोकिएको समयमा बस्ती हस्तान्तरण गर्न नसकिएको भन्दै ‘धुर्मुस–सुन्तली फाउन्डेशन’का अध्यक्ष समेत रहेका धुर्मुसले दशैं नै गिरान्चौरमा बसेर मनाउने बताएका छन् । ६५ घर निर्माणमा सय दिन भन्दा लामो समयदेखि खट्दा पनि पानी परेका कारण निर्माण सम्पन्न हुन नसकेको धुर्मुसको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment