Comments Add Comment

लीलामणि पौडेल सर्वसम्मत, दीपकुमारको नाममा एमालेको असहमति

दीपकुमार उपाध्यायले मुलुकको प्रतिनिधित्व गर्दैनन्ःएमाले

lilamani paudel and deepkumar uppdhya१६ असोज, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले चीनका लागि नेपाली राजदूतमा सिफारिस लिलामणी पौडेलको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको छ । तर भारतका लागि सिफारिस भएका दीपकुमार उपाध्याय भने सर्वसम्मत हुन सकेनन् ।

संसदीय विशेष सुनुवाई समितिको आइतवारको बैठकमा पौडेलको नाम सर्वसम्मत भएको हो । समितिका सभापति केबी गुरुङले पौडेलको नाम अनुमोदनका लागि प्रस्ताव गर्दा सबै सदस्यले सहमति जनाएपछि उनी सर्वसम्मत भएका हुन् ।

भारतका लागि राजदूत सिफारिस भएका उपाध्यायको नाममा भने सर्वसम्मति हुन सकेन । एमालेका सांसदहरुले उपाध्याय मुलुकको दूत भन्दा पनि अर्कै देशको हितमा काम गर्ने व्यक्ति भएको भन्दै उनको नाममा सर्वसम्मति गर्न नसकिने बताए । एमालेका सांसदहरुको असहमतिका बीच बहुमतबाट उपाध्यायको नाम अनुमोदन भएको छ ।

राजदूतको नाम अनुमोदन गर्दा यसरी समिति नै बिभाजित भएको यो सम्भवतः पहिलो पटक हो ।

आफूहरुको असहमति सांकेतिक रहेको भन्दै एमाले प्रमुख सचेतक भानुभक्त ढकालले संसदीय सुनुवाइमै सर्वसम्मत हुन नसकेका व्यक्तिले समग्र देशको प्रतिनिधित्व गर्न नसक्ने बताए ।

उपाध्यायलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले भारतको राजदूतबाट फिर्ता बोलाएको थियो । उनीमाथि भारतमा बसेर नेपाल विरुद्ध गतिबिधि गरेको र सरकार ढाल्ने षडयन्त्रमा लागेको आरोप लगाइएको थियो ।

उपाध्याय नेपाली कांग्रेसका नेता हुन् । पूर्वमन्त्री समेत रहेका उनी गत संविधानसभा चुनावमा कपिलबस्तु १ मा एमालेका बलराम अधिकारीसँग पराजित भएका थिए ।

लिलामणी पौडेल नेपाल सरकारका पूर्वमुख्य सचिव हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment