Comments Add Comment

पाँचतारेमा रामकृष्णको १५ औं एल्बम सार्वजनिक(फोटो फिचरसहित)

ram krishna dakal album bimochan (11)
नेपाली सुगम संगीतका सफल र चर्चित गायक हुन्, रामकृष्ण ढकाल । उनै ढकालले आफ्नो १५ औं गिती एल्बम अावरणाको काठमाण्डौको पाँचतारे होटल सोल्टी क्राउन प्लाजामा भव्य रुपमा सार्वजनिक गरेका छन् । ढकालको एल्बम उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट विमोचन गरिएको थियो ।

यो एल्बममा ११ वटा गीत समावेश गरिएको छ । पुराना पुस्ताका आनन्द अधिकारीदेखि नयाँ पुस्ताका रमेश वीजीसम्मका गीतकारले एल्बममा शब्द कोरेका छन् । एल्बममा उत्तम संजेल, रमेश वीजी, आनन्द अधिकारी, बिनोद बन्जारा, एक नारायण भण्डारी, डा.आश बहादुर तामाङ, देवेन गीरी, प्रज्जवल शमंशेर जबराले शब्द कोरेका छ ।
ram krishna dakal album bimochan (2) ram krishna dakal album bimochan (7) ram krishna dakal album bimochan (8) ram krishna dakal album bimochan (9)
हरि लम्साल, न्यू बज्रचार्य, राजेश थापा, शिखर सन्तोष, सुगम पोखरेल, किरण कँडेल लगायतका संगीतकारको संगीत समावेश गरिएको छ । कार्यक्रममा गायक ढकालले आफ्ना एक दर्जन गीत प्रत्यक्ष गाएर सुनाएका पनि थिए । कार्यक्रममा नेपाली चलचित्र, सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुको उपस्थित थियो ।

nandabahadurram krishna dakal album bimochan (10) ram krishna dakal album bimochan (12) ram krishna dakal album bimochan (13)

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment