Comments Add Comment

संचिता ‘राधा’, तर जीवन ‘राम’

jiwan and sanchita
नायिका संचिता लुइटेल चलचित्रको पर्दामा राधा बन्दा नायक जीवन लुइटेल भने ‘कृष्ण’ होलान् भन्ने धेरैको अड्कल हुनसक्छ । तर, कात्तिक १२ गते तिहारको अवसर पारेर रिलिज हुन लागेको चलचित्र ‘राधा’मा संचिता शिर्ष भूमिकामा देखिदा जीवन भने ‘राम’को भूमिकामा छन् ।

काठमाण्डौ आज आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर र ३ गीत सार्वजनिक गरियो । कार्यक्रममा बोल्दै निर्देशक योगेश घिमिरेले चलचित्र पूर्ण रुपमा व्यवसायिक कथामा बनेको बताए । radha pressmeet (1)
प्रेमकथामा आधारित रहेपनि चलचित्रको कथावस्तु पूर्ण रुपमा व्यवसायिक भएको उनको धारण थियो । तिहारमा २ ठूला हिन्दी चलचित्र रिलिज भएपनि त्यसले आफ्नो प्रोजेक्टलाई असर नपर्ने भन्दै उनले आफ्नो चलचित्रले ७० वटा हल पाउने दाबी गरे ।

नायक जीवन लुइटेलले पनि चलचित्र पूर्ण व्यवसायिक भएको भन्दै ‘राधा’को कथावस्तु मन परेर काम गरेको बताए । नायिका संचिता लुइटेलले गाउँकी एक यूवतीको प्रेम, पारिवारिक बिषयमा चलचित्र घुमेको बताइन् । आफू चलचित्रमा केही मोटी देखिएपनि चलचित्र हेरेपछि मात्र त्यसको टिप्पणी गरिदिन उनले सबैलाई आग्रह गरिन् ।

२ वटा चलचित्रमा लगातार नायिका नीता ढुंगानालाई लिएका निर्देशक घिमिरेले यसपटक कथाले नमागेपछि जीवनसँग उनको जोडी छुटाएको बताए । चलचित्रबाट चलचित्रको निर्देशक, नायक-नायिका पूर्ण रुपमा आत्मविश्वासी देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment