Comments Add Comment

कांग्रेस सांसदले सोधे- बढेको तलब भत्ता खोइ ?

साउनदेखिकै पाउने गरी भत्ता बढाउन सरकारको ध्यानाकर्षण

१८ असोज, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा कांग्रेसका अर्का सांसदले पनि तलब भत्ता बृद्धि गरी साउनदेखिकै भुक्तानी पाउनुपर्ने माग गरेका छन् ।

Ram-Ayodhya-Prasad-Yadav
राम अयोध्या प्रसाद यादव

मंगलवार संसद बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राम अयोध्या प्रसाद यादवले सोधे-बढेको तलब भत्ता खोइ त ?

यसअघि कांग्रेसकै सांसद प्रेमकिशोर प्रसाद साहले पनि सांसदहरुको तलब भत्ताले काठमाडौंमा बस्न नसकिने भन्दै बृद्धि हुनुपर्ने माग गरेका थिए ।

सांसद यादव मिडियाकर्मीमाथि समेत खनिए । उनले मिडियाहरुले सांसदहरुको तलब भत्ता बढेको भनेर समाचार लेखेपछि घरबेटीले २० देखि २५ हजारसम्म घरभाडा बढाएको गुनासो गरे ।

उनले भने, ‘मिडियाले पनि सही समाचार संप्रेषण गर्नुस् । ०५२ सालदेखि सांसदको भत्ता बढेको छैन । पत्रपत्रिका पढेर घरबेटीले भाडा बढाइसके । तर हामीले पाएका छैनौं । अबिलम्ब सरकारले नियमावली बनाएर सुबिधा बढाएर साउनदेखिकै बढेको तलबभत्ता देओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment