Comments Add Comment

‘हामी ब्राण्डेड र गुणस्तरीय सामानहरु सस्तो मूल्यमा उपलब्ध गराउँछौं’

नेपालमा पहिलोपटक ब्राण्डेड तथा गुणस्तरीय फेसन सामानहरु ३० देखि ६० प्रतिशतसम्म सस्तो मुल्यमा बिक्री/वितरण गर्ने उद्देश्यले धरहराको छेउैमा सस्तो बजार खुलेको छ ।

दरबारमार्ग र न्यूरोडमा ब्राण्डेड सामानहरु महंगोमा बिक्री भइरहेको अवस्थामा यो बजारले ब्राण्डेड सामान उपभोग गर्ने उपभोक्तालाई राहत मिल्ने निश्चित छ ।

बजार स्थापनाको उद्देश्य, बजारको भविष्य र बजारको सञ्चालनसँग सम्बन्धित भएर अनलाइनखबरले बजारका सञ्चालक सुरेश लामिछानेसँग अनलाइनखबरले गरेको संक्षिप्त कुराकानीः

fashion bazar (5)
नेपालमै पहिलोपटक सञ्चालन गर्न लागिएको फेसन सस्तो बजार कहिलेदेखि पूर्णरुपमा सञ्चालनमा आउँछ ?

सुरुमा हामीले यो बजारलाई दशैंअघि नै सञ्चालनमा ल्याउने तयारी भएको भए पनि दक्ष कामदारको अभावमा इन्टेरियरको काम सम्पन्न हुन नसकेकाले दशैंलगत्तै आंसिकरुपमा र तिहारअघि पूर्णरुपमा सञचालनमा ल्याउने छौं । हामीसँग भएका सबै सटरहरु सञ्चालनका लागि तयारी अवस्थामा छन् । बजारको अवधारणाअनुसार एक सटरमा एकै प्रकारका सामानहरु मात्रै राख्न पाइने छ ।

के उद्देश्यले फेसन सस्तो बजार सञ्चालनमा ल्याउन लागिएको हो ?

ग्राहकलाई एउटै छानामुनी सस्तो मुल्यमा फेसनका सामानहरु उपलब्ध गराउने उद्देश्यले नेपालमै पहिलोपटक फेसन सस्तो बजारको अवधारणा ल्याइएको हो । यस्ता बजारको अभावमा नेपालमा उत्पादित अन्तराष्ट्रिय गुणस्तरका वस्तुहरुको बजारिकरण ओझेलमा पर्दै आएको छ । अन्तराष्ट्रिय गुणस्तरका आन्तरिक उत्पादनहरु बजारिकीकरण गरी औद्योगिक उत्पादनको शो-केसको रुपमा बजारको विकास गर्ने हाम्रो उद्देश्य हो । यो बजारमा नेपाली उत्पादनहरु कसरी भइरहेका छन् । कस्तो प्रविधि अपनाएका छन् लगायतका सम्पूर्ण सूचनाहरु भएको शो-केस रहनेछ । साथै, १८ औं शताब्दीदेखि हालसम्म के कस्ता फेसनहरु चल्दै आए भनेर जानकारी गराउने ऐतिहासिकहरु विकासक्रमसहितका तस्बीरहरु प्रदर्शनीमा राखिनेछ ।

यो बजारमा ग्राहकले कतिसम्म सस्तोमा सामान किन्न पाउँछन् ?

हामीले यो बजारलाई नेपाली औद्योगिक उत्पादनको प्रवर्द्धन केन्द्रका रुपमा विकास गर्न लागेका हौं । पे लेस चुज वेल हाम्रो नारा हो । त्यसैले हाम्रो मुख्य उद्देश्य नै गुणस्तरीय उत्पादनहरु सस्तोमा उपलब्ध गराउने हो । त्यसैले यो बजारमा सामान किन्न आउने उपभोक्ताहरुले गुणस्तरीय उत्पादनहरु नै अन्य ठाउँमा भन्दा यो बजारमा ३० देखि ६० प्रतिशत सस्तोमा किन्न पाउनेछन् । सुन्धाराजस्तो व्यापारिक केन्द्रमा रहेर पनि यो बजारमा १२ देखि १६ हजार रुपैयाँसम्ममा सटरहरु भाडामा लगाइएको छ । भाडा नै सस्तो भएपछि सस्तोमा बिक्री गर्न कुनै समस्या हुँदैन । बजार सञ्चालानमा आएको केही समयभित्रै अनलाइन सपिङको व्यवस्था मिलाइने छ । अनलाइन सपिङका लागि बजारभित्र छुट्टै कार्यालयको व्यवस्था पनि गरिसकेका छौं ।

सस्तोमा सामान बिक्री वितरण त गर्नुहुन्छ रु तर, गुणस्तर र ब्राण्डचाहिँ कस्तो हुन्छ नि ?

सस्तो भन्ने वित्तिकै कम गुणस्तका हुन्छन् भन्ने नेपाली मानसिकता छ । हामी त्यसलाई चिर्न चाहन्छौं । एकपटक अनुभव गरिसकेपछि उपभोक्ता स्वयंले त्यसको मुल्यांकन गर्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । ‘धेरै बेच्ने, सस्तोमा बेच्ने, ब्राण्डेड र गुणस्तरीय सामानमात्रै बेच्ने’  हाम्रो उद्देश्य हो ।
fashion bazar (4)
यो बजारमा नेपालीसँगै चर्चित विदेशी ब्राण्डहरु पनि रहनेछन् । टर्किसको सुभारी, टर्कीकै रोडी मुड, युरोपको कोलेन्स, नेपालको सालाना, स्पेनको जारा, इटालीको बेन्टले, नेपालको लोगो लगायतका विश्वविख्यात ब्राण्डेड उत्पादनहरु पनि यो बजारमा उपलब्ध हुने भएकाले स्वदेशी र विदेशी ब्राण्डेड सामान किन्न चाहने ग्राहकका लागि फेसन सस्तो बजार आकर्षणको केन्द्रविन्दु बन्नेछ ।

बजारमा के कस्ता सामानहरु उपलब्ध हुन्छन् ?

बजारभित्र राष्टय पोशाक दौरा सुरुवाल, चस्मा, जुत्ता, लेहेंगा, साडी, फेन्सी, नेपाली गार्मेन्ट, लेदरका पसलका साथै संसारभर एउटै डिजाइन भएको वान पिस क्लोथिङसमेत रहनेछ । त्यसैगरी, भारतको बि्रलियर साइन्स र भीएलसीसीको एउटा स्तरीय शैलुन र ग्रुमिङ सेन्टर पनि रहने छ । चाइल्ड क्लोथिङका समेत युनिक डिजाइन रहनेछ ।

त्यस्तै, बजारमा लेडिज र जेन्टस्का सम्पूर्ण कष्मेटिक सामानहरु रहनेछन् । रेडिमेड कपडामा आफूअनुकुल साइज नभए तत्कालै आफूअनुकुल साइज बनाउन मिल्ने व्यवस्था गरेका छौं । त्यतिमात्र होइन, फेसनसँग सम्बन्धित नयाँ-नयाँ उत्पादनको डिजाइनसमेत यहाँबाट गर्छौं । बजारमा सित्तैमा ग्राहकको जुत्ताको पोलिस पनि गरिने छ ।

कस्ता व्यवसायी र कस्ता ग्राहक तपाईहरुको लक्षित वर्गमा पर्छन् ?

गुणस्तरीय र ब्राण्डेड सामान सस्तोमा किन्न कस्ले पो चाहँदैन र ! खासगरी उच्च वर्ग र मध्यम वर्गका ग्राहकहरुलाई लक्षित गरेर बजारको स्थापना गरिएको हो । व्यवसायीका सन्दर्भमा उत्पादन र आयत गर्ने व्यवसायीहरु हाम्रा व्यावसायिक साझेदार हुन् । यो बजार रिटेल सेन्टर हो । तर, यहाँ रहने व्यवसायीहरु होलसेलसँग सम्बन्धित भएकाले होलसेलका लागि पनि यो बजार सम्पर्क केन्द्र नै हुनेछ ।

बजारको स्थापना गर्न किन सुन्धारा नै रोज्नुभयो ?

सुन्धारा काठमाडौंकै व्यस्त ठाउँहरु मध्ये पर्छ । सुन्धारा सबैको पहुँच पुग्ने ठाउँ पनि हो । यहाँदेशभरका मान्छेहरु आइपुग्छन् । सुन्धारामा २ सय होटल छन्, जहाँ दैनिक ५ हजार मान्छेहरु बस्छन् । उनीहरु पनि हाम्रा ग्राहक हुन् ।

सुन्धारराजस्तो व्यस्त ठाउँमा बजार स्थापना गर्नुभएको छ । पार्किङको व्यवस्थापन कसरी गर्नुहुन्छ रु
सुन्धारा क्षेत्र पार्किङका लागि समस्या भएको ठाउँ हो । तर, हामीले ग्राहकलाई सुविधा होस् भनेर पार्किङको पनि राम्रो व्यवस्था गरेका छौं । पर्याप्त गाडी र मोटरसाइकल पार्किङ गर्नसक्ने क्षमता भएकाले पार्किङको कुनै समस्या हुँदैन ।

 बजारमा कति लगानी गर्नुभएको छ ?

हामीले यो बजार स्थापना गर्न ५ करोड रुपैयाँभन्दा बढी खर्च गरिसकेका छौं । २ रोपनी जग्गा लिजमा लिएर ग्राउन्ड फ्लोर आरसीसी ढलानयुक्त र फस्ट फ्लोर लाइट मेटरियलले बनाइएकाले यो पूर्णरुपमा भूकम्प प्रतिरोधी पनि छ । साथै, यो बजारलाई भक्तपुर र वुटवलमा विस्तार गर्ने तयारी पनि गरिरहेका छौं ।

बजारको भविष्य कस्तो देख्नुहुन्छ ?

फेसन सस्तो बजार खोल्नुपर्छ भन्ने अवधारणा नेपालका लागि नौलो हो । तर, विदेशमा भने यस्ता किसिमका बजारहरु पर्याप्त खुलेका छन् । बजारका लागि हामीले सुन्धाराको पनि धरहराको छेउमै ठाउँ पाएका छौं । सस्तोमा गुणस्तरीय सामान किन्न पाउने भएपछि यो बजार उपभोक्ताहरुको आकर्षणको केन्द्रविन्दु हुनेछ भन्ने हाम्रो विश्वास छ । उपभोक्ताको आकर्षण नै बजारको भविष्य हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment