Comments Add Comment

अजय देवगनले भने-पाकिस्तानी कलाकारसँग काम गर्दिन

ajay-davgan

पाकिस्तानी कलाकारलाई भारतमा प्रतिवन्ध गर्नुपर्ने पक्षमा फिल्म उद्योगका हस्ती अगाडि आएका छन् ।

अभिनेता अजय देवगनले तत्काल आफूले पाकिस्तानी कलाकारसँग काम नगर्ने जनाएका छन् ।

यसै महिनाको अन्त्यमा ४७ वर्षीय देवगनको नयाँ फिल्म ‘शिवाय’ तथा करण जोहरको ‘ऐ दिल है मुश्किल’ एक साथ रिलिज हुन लागेको छ ।

करणको फिल्ममा पाकिस्तानी कलाकार फवाद खानको विशेष भूमिका रहेको छ । देवगनले आफ्नो फिल्म पाकिस्तानमा रिलिज गर्ने बारे आफूलाई कुनै चिन्ता नभएको बताएका छन् ।

उने यो समय देशका साथ खडा हुने भएको भन्दै आफू सबै भन्दा पहिला भारतीय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment