Comments Add Comment

जीवन र संचिताकै करिअर जोगाउने ‘राधा’

jiwan and sanchita
कात्तिक १२ गते २ ठूला हिन्दी चलचित्रसँग भिडन्त गर्न तयार छ, नेपाली चलचित्र ‘राधा’ । यो चलचित्रको गीतसंगीत त हिट भैसकेको छ । २ ठूला हिन्दी चलचित्र आएपनि आफूलाई खासै फरक नपर्ने र ७० वटा हल पाउने दाबी निर्देशक योगेश घिमिरेको छ ।

चलचित्र ‘राधा’मा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेल मुख्य भूमिकामा छन् । नायक लुइटेल निरन्तर असफल चलचित्रको पीडामा छन् । यसैले, सधै नै उनको करिअर बचाउ गर्दै आएका योगेशको यो चलचित्र चलेको खण्डमा जीवनले भनेजस्तै, उनको स्टारडम फर्किनेछ । चलचित्र क्षेत्रमा नयाँ नयाँ कलाकारको आगमन हुँदा जीवन यूग सकिएको चर्चा चलिरहेको छ ।

यता, नायिका संचिता लुइटेल पनि चलचित्र क्षेत्रमा जसोतसो टिकिरहेको अवस्था छ । यस्तो अवस्थामा ‘राधा’को व्यापार संचिताका लागि पनि महत्वपूर्ण छ । एक्सन र लभस्टोरी हिन्दी चलचित्रको विचमा पारिवारिक र सामाजिक कथा बोकेको ‘राधा’को बक्स अफिस कलेक्शन महत्वपूर्ण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment