Comments Add Comment

मोटरसाइकलको ट्यांकीमा लुकाइएको ब्राउन सुगरसहित दुई युवक पक्राउ

३० असोज, झापा । प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित झापाको विर्तामोडबाट दुई युवालाई पक्राउ गरेको छ ।

Two-man-Arrestedपक्राउ पर्नेमा दमक-१३ का ३७ वर्षीय विक्रम बस्नेत र दमक-१४ का ३० वर्षीय अंकित भण्डारी छन् ।

विशेष सुराकीको आधारमा जाँच गर्दा मे ३ प १८२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुबाट १० ग्राम ५ सय ८० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरी निरीक्षक मधुकुमार थापाका अनुसार तेलको ट्यांकीभित्र वासर लाग्ने खाली ठाउँमा हरियो रंगको पोकामा लागूऔषध लुकाएर ल्याउँदै गरिएको अवस्थामा उनीहरु पक्राउ परेका थिए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment