Comments Add Comment

झापामा जीवन र संचिताको ‘राधा’को फस्टलुक सार्वजनिक

radha first look
अधिकांश दृश्य झापामा खिचिएको चलचित्र ‘राधा’को फस्टलुक पनि झापामै खोलिएको छ । दमकमा आयोजित पत्रकार सम्मेलनमा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले फस्टलुक उघारेका हुन् ।

कार्यक्रममा चलचित्रका निर्देशक योगेश घिमिरे, चलचित्र लेखक प्रदिप भारद्धाज उपस्थित थिए । निर्देशक योगेश घिमिरेले माया प्रेमको कथालाई मुख्य बिषय बनाएर एउटा उत्कृष्ट चलचित्र दिन खोजेको बताए ।

कार्यक्रममा चलचित्रका लेखक भारद्धाजले यसको कथा चटपटे स्वाद जस्तै भएको बताए । नायक जीवन लुइटेल र नायिका संचिता लुइटेलको मुख्य भूमिका रहेको यो चलचित्र कात्तिकको १२ गतेबाट देशभर रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment