Comments Add Comment

अवैध हतियार मुद्धाका फरार अधियुक्त २ वर्षपछि पक्राउ

Hatkadi

कात्तिक १, कपिलबस्तु । वडा प्रहरी कार्यलाय चन्द्रौटा कपिलवस्तुलेे हातहाथियार तथा खरखाजाना मुुद्धाका एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

२०७१ साउन १९ गते देखी फरार रहेका दाङ घोराही नगरपालिका ६ का ३३ बषर्ीय लोक बहादुर बुढालाई उनकै घरबाट पक्राउ गरिएको वडा प्रहरी कार्यलाय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिए ।

चन्द्रौटामा रहेको प्युठानी होटलमा छापा मार्ने क्रममा लोकबहादुर बुढा र बसन्त घतीलाई आत्याधुनिक एक थान पेस्ताल र दुई राउन्ड गोली सहित घतीलाई पक्राउ परेका थिए ।

तर बुढा होटलको छतबाट हाम्फालेर भागेका थिए । बुढा दाङ प्रहरीको सहयोगमा पक्राउ परेका हुन् ।

बुढामाथि हातहातियार तथा खरखाजाना मुुद्धा रहेकोले विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यलाय चन्द्रौटाका सइ विश्व सुवेदीले जानकारी दिए । बुढामाथि जिल्ला अदालतले ४ बर्ष कैद सजाय सुनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment