Comments Add Comment

रेडियो नेपालका लेखा अधिकृतबिरुद्ध भ्रष्टाचार मुद्दा दायर

AKHTIYAR,-CIAA१ कात्तिक, काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी सेवामा कार्यरत रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेडियो नेपालका लेखा अधिकृत टोपबहादुर महतराबिरुद्ध बिशेष अदालतमा मुदा दायर गरेको छ ।

अख्तियारले आज जारी गरेको बिज्ञप्तिमा २०५४ सालदेखि रेडियो नेपालमा सह-लेखापालको रुपमा कार्यरत महतराले २०६७ सालमा अधिकृत बढुवाका लागि प्रविणता प्रमाणपत्र तहको सर्टिफिकेट नक्कली पेश गरेको उल्लेख छ ।

अख्तियारले गोप्य उजुरीको आधारमा महतरालाई कारबाही प्रक्रिया अगाडि बढाएको उल्लेख छ । महतराले मोतीहारी बिहारको एएन सिंह कलेजबाट आइए को शैक्षिक प्रमाणपत्र लिएको अख्तियारको बिज्ञप्तिमा उल्लेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment