Comments Add Comment

अमेरिकी राष्ट्रपतिमा हिलारीको सम्भावना बलियोः सर्वेक्षण

Donald-trump-and-Hillary-clinton

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिँदै जाँदा मुख्य उम्मेदवारबीचको सर्वेक्षण भइरहेका छन् । पछिल्लो समय द हफिङटन पोष्टले गरेको सर्बेक्षणमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले जित्ने सम्भावना ९० प्रतिशत देखाइएको छ ।

अमेरिकामा आगामी नोभेम्बर ८ मा राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ । राष्ट्रपतिको चुनावी दौडमा डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टन् र रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अग्रपंक्तिमा छन् । अन्य साना पार्टीहरु र स्वतन्त्रसमेत गरी राष्ट्रपतिका लागि ६ जना उम्मेदवार छन् ।

न्युयोर्क टाइम्सले सार्वजनिक गरेको हफिङटन पोष्टको सर्वेक्षणमा हिलारीले जित्ने सम्भावना ९० प्रतिशत देखाइएको छ । ट्रम्पको १० प्रतिशतमात्र सम्भावना छ ।

यी दुईको चुनावी दौड सुरु भएदेखिकै सर्वेक्षणको नतिजामा हिलारीले दोस्रो पटक ट्रम्पलाई निक्कै पछि पारेकी हुन् । गत अगष्ट २८ मा पनि हिलारीको लोकपि्रयता हृवात्तै बढेको देखिएको थियो । तर सेप्टेम्बरको अन्त्यतिर ट्रम्पको लोकपि्रयता बढेको देखिएको थियो ।

सर्वेक्षणमा ट्रम्पले ४० र हिलारीले ४५ प्रतिशत मत पाउने उल्लेख गरिएको छ । रिपब्लिकनको बाहुल्य रहेको चार राज्यमा ट्रम्पका समर्थक उच्च देखिन्छन् । लोवा, एरिजोना, जर्जिया र मिसौरी राज्यमा ट्रम्प हावी देखिएका छन् । अन्य राज्यमा हिलारीको उपस्थिति बलियो देखिन्छ । पछिल्लो समय ती राज्यहरुमा हिलारीको लोकपि्रयता बढेको सर्वेक्षणमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment