Comments Add Comment

स्पेन पठाउने भनी ठगी गर्ने पक्राउ

Hatkadi

२ कात्तिक, काठमाडौं । स्पेन पठाइदिने भन्दै गलत नाम बताएर ठगी गर्ने तनहुँका भरत ठकुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको उजुरीको आधारमा प्रहरीले कीर्तिपुर बस्ने तनहुँ सतीस्वजाँरा २ घर भएका ३० बर्षीय बिक्रमसिंह ठकुरी भन्ने भरत ठकुरीलाई पक्राउ गरेको हो ।

अभियुक्त ठकुरीले बागलुङका दिपेन्द्र मल्ल र उजित मल्ललाई स्पेनमा राम्रो कोटा आएको र जान आठ लाख लाग्ने भन्दै जनही १६ लाख लिएर फरार भएका थिए ।

पीडितहरु महानगरीय अपराध महाशाखामा ठगी सम्बन्धी निवेदन दिए पश्चात खटिएको प्रहरी टोलीले ठकुरीलाई सोमबार किर्तिपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका ठकुरीले भरत ठकुरीको नाउँमा नागरीकता बनाएको तर नागरिकतामा भरत नामको ठाउँमा विक्रम सिंह भन्ने व्यहोरा बनाई फोटोकपी गरेको प्रहरीले जनाएको छ ।

ठकुरीलाई मंगलबार आवश्यक अनुसन्धान एवं कारवाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर काठमाडाँैमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment