Comments Add Comment

युरोप पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

३ कात्तिक, काठमाडौं । भारतको दिल्ली हुँदै रसिया र त्यसपछि पोर्चुगल पठाइदिन्छु भन्दै रसिया पुर्‍याएर अलपत्र पारी ठगी गर्ने दुईलाई प्रहरीको अपराध महाशाखाले पक्राउ गरेको छ ।

Nepal-Police-Crime-Divisionबानेश्वरमा रहेको रेकोन एजुकेशन कन्सल्टेन्सीकी सञ्चालक धादिङ थाक्रे ८ की २३ बर्षीया सम्झाना केसी र कोटेश्वरमा रहेको हाइलिङ्क एजुकेशन कन्सल्टेन्सीका सञ्चालक कास्की सल्याङ ४ का ३१ बर्षीय आनन्द केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले बाग्लुङ बिनामारे ३ का भरत बिकसमेतका व्यक्तिहरुलाई दिल्लीबाट रसिया हुँदै पोर्चुगल पुर्‍याउने भन्दै १० लाख पचासहजारसम्म असुलेका थिए । सहमति अनुसार रसियासम्म पुगेपनि त्यहीँ अलपत्र पारेपछि पीडितको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई आवश्यक कारबाहीका लागि बैदेशिक रोजगार बिभाग बुद्धनगर पठाइएको छ भने प्रहरीले पनि घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment