Comments Add Comment

भुजी लिग फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु हुने

bhuji-trophy

४ कात्तिक, रामेछाप । रामेछाप जिल्लामै सर्वाधिक पुरस्कार राशीको भुजी लिग रनिङ शिल्ड फुटबल प्रतियोगिता शुक्रबारबाट भूजीको खेल मैदानमा सुरु हुने भएको छ ।

आयोजक लिखु भुजी रामेछाप युवा क्लवले विहीबार जिल्ला सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी शुक्रबारदेखि प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको छ । प्रतियोगितामा २० भन्दाबढी स्थानीय टोलीहरुको सहभागिता रहनेछ ।

लिग कम नक आउट प्रतियोगिता अन्तगर्त हुने प्रतियोगिताको बिजेताले ५१ हजार ५ सय, उपबिजेताले २५ हजार ५ सय र तेस्रो हुनेले १३ हजार ५ सय पुरस्कार पाउनेछ ।

साथै प्रतियोगिताको उत्कृष्टखेलाडी र गोलरक्षक, डिफेण्डर तथा मिडफिल्डरले पनि पुरस्कार पाउनेछन् । स्थानीय उत्कृष्ट एक खेलाडीलाई पनि ५ हजार प्रोत्साहन पुरस्कार दिइनेछ ।

२०६८ सालदेखि सुरु भएको प्रतियोगिताको यो छैटौं संस्करण हो । प्रतियोगिता आगामी कात्तिक १२ गतेसम्म चल्ने प्रतियोगिता संयोजक मनोजकुमार सुनुवारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment