Comments Add Comment

लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्ता हतियारसहित पक्राउ

Hatkadi

४ कात्तिक, भक्तपुर । लिम्बुवान मुक्ति मोर्चाका कार्यकर्तालाई प्रहरीले भक्तपुरको मनहरा सुकुम्बासी वस्तीबाट हतियारसहित पक्राउ गरेको छ ।

लोकन्थली मनहरा सुकुम्बासी वस्तीमा बिदेशमा रहेका दाजुको कटेरोमा बस्दै आएका पाँचथर पञ्चामी ३ का सचिन्द्र पालुङ -लिम्बु) लाई प्रहरीले एक थान कटुवा पेस्तोल र एक थान खुकुरीसहित निवासबाटै पक्राउ गरेको हो ।

उनको साथबाट एउटा चक्कु, सात थान सेतो ठोस पदार्थ, तीन जोर कम्ब्याट र पिटी जुत्ता, बिजुलीको तार एक मुठा र लिम्बुवानको झण्डासमेत बरामत भएको प्रहरीले जनाएको छ ।

काठमाडौं विशेष व्यूरो र महानगरीय प्रहरी बृत्त ठिमीबाट खटीएको संयुक्त प्रहरी टोलीले बुधबार पालुङ्गको कोठा तलासी गर्दा उक्त हतियार बरामद भएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment