Comments Add Comment

गोरखा दरबार पुनर्निर्माणमा ढिलाइ

५ कात्तिक, गोरखा । भूकम्पले क्षति पुर्‍याएको गोरखा दरबारको पुनर्निर्माणमा ढिलाइ भएको छ ।

gorkha (2)दरबारको जग तथा संरचनामा भूकम्पले क्षति पुर्‍याएकोले जगैदेखि पुनःनिर्माण गर्नुपर्ने देखिए पनि बजेटको अभाव हुँदा दरबारका मुख्य संरचना र कालिका मन्दिरको पुनःनिर्माण हुन सकेको छैन।

‘दरबारको गारो जीर्ण भइसक्यो । छानाबाट पानी चुहिन्छ”, गोरखा दरबार हेरचाह अड्डाका प्रमुख गणेश भट्टराईले  भने, “तल्लो तलाभन्दा माथिल्लो तला धेरै जीर्ण छ ।” दुईतले दरबारको अधिकांश ठाउँमा सालका काठ प्रयोग गरिएका छन् । भूकम्प गएको १८ महिना हुँदा पनि ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको दरबार पुनःनिर्माणको काम नभएको हो ।

गोरखा दरबार छेउमा रहेको गुरु गोरखनाथको मन्दिर (गुफा) भने मर्मत गरिएको छ । भूकम्पले पूर्णरुपमा क्षति पुर्‍याएपछि गोरखनाथ मन्दिर टहरोमा सञ्चालित थियो । भूकम्प प्रतिरोधी मन्दिर बनाएपछि नियमितरुपमा पूजाआजा सुरु गरिएको भट्टराईको भनाइ छ । दरबार मर्मत गर्न पुरातत्व विभाग तथा सरकारसँग आग्रह गरेपनि बजेट अभाव हुँदै आएको भट्टराईले बताए ।

यसअघि पुरातत्व विभागले दरबारको अवस्थाबारे अध्ययन गरिसकेको छ । अध्ययन गरे पनि बजेटको व्यवस्था नगरेपछि दरबार मर्मत गर्न नसकिएको हो । दसैँका बेला दरबारको दसैँ घरमा सकसपूर्ण पूजाआजा तथा फूलपाती भित्र्याइएको भट्टराईको गुनासो छ ।

तत्कालीन राजा राम शाहले विसं १६६८ सालमा निर्माण गरेको दरबार भूकम्पपछि जीर्ण हुँदै गएको छ । दरबारमा विसं १७९९ मा पृथ्वीनारायण शाहले राज्याभिषेक गरेको इतिहास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment