Comments Add Comment

फिल्म छाडेर अनुप ‘म्यानहन्ट इन्टरनेशनल’मा प्रतिस्पर्धा गर्दै

anup-and-milan
नेपाली चलचित्र क्षेत्रमा आफ्नो लुक र स्टाइलका कारण चर्चामा रहेका नायक अनुप विक्रम शाही चीनमा आयोजना हुन लागेको ‘म्यानहन्ट इन्टरनेशनल वल्र्ड २०१६’मा सहभागी हुने भएका छन् । चीनमा आयोजना हुन लागेको यो प्रतिस्पर्धामा भाग लिन लागेका अनुपले नेपाललाई बोकेर आफू अगाडि बढ्ने बताए ।

उनी सन् २०१४ को ‘म्यानहन्ट इन्टरनेशल नेपाल’ पनि हुन् । आयोजक कम्पनी जीजीइ र अनुपले आयोजना गरेको पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिइएको हो । शनिबार चीन जान लागेका अनुपले पुरुष सौन्दर्य प्रतियोगीताको पनि महत्व भएको बताए । उनले पत्रकार सम्मेलनमा भने-‘म भन्दा पनि नेपाल लैजाँदैछु । म जित्छु भन्ने भावनना लिएर अगाडि बढेको छु ।’

उनले प्रायोजक कम्पनी र सरकारले सहयोग नगरेको गुनासो पनि गरेका छन् । उनले केही चलचित्रको अफर आफूले यही प्रतिस्पर्धाका कारण छाडेको पनि बताए । अक्टोबर २३ तारिखदेखि अक्टोबर २९ तारिखसम्म यो प्रतियोगीता आयोजना हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment