Comments Add Comment

मलिना र महेशको ‘मिडनाइट’ मस्ती

malina-joshi-in-the-winner-1

डाइमण्ड स्टार फिल्मस्को ब्यानरमा तयार भएको चलचित्र ‘द विनर’ कात्तिक १९ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रलाई अष्ट्रेलिया र दुबइको रमणिय स्थानमा खिचिएको छ । चलचित्रको ट्रेलर सार्वजनिक भएसँगै यसले चलचित्र वृत्तमा राम्रो चर्चा पनि कमाइरहेको छ ।

यसैविच, चलचित्रमा समावेश ‘मिडनाइट’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । यो गीतको भिडियोमा नायिका मलिना जोशी र महेशमान श्रेष्ठलाई फिचरिङ गरिएको छ । अमित श्रेष्ठको शब्द तथा संगीत रहेको यो गीतमा इन्दिरा जोशी र उत्तम जंग लिम्बुको स्वर छ । कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियो आकर्षक बनेको छ ।

श्रृजना शाह, विकास खरेल निर्माता रहेको चलचित्रमा रितेश राना, सुशित पन्त कार्यकारी निर्माता छन् । चलचित्रलाई हिक्मत विष्टले निर्देशन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment