Comments Add Comment

दर्शकको माया पाउँदा दंग संचिता, भन्छिन्-‘मलाई अझै विर्सनु भएको रहेनछ’

sanchita luitel moti 2
आफूले अभिनय गरेको चलचित्र ‘राधा’ को प्रचार प्रसारका लागि देश दौडाहमा निस्केकी नायिका सञ्चिता लुइटेल अहिले मख्ख छिन् । चार वर्षपछि पुनः पर्दामा आउन लागेकी सञ्चितालाइ लागेको थियो कि कतै दर्शकले वास्ता नगर्ने त होइनन् ? उनले स्थिती सोचे भन्दा निकै फरक पाइन् । उनले भनिन्-‘मलाई त तपाइको चलचित्र निकै मन पर्छ भन्ने दर्शक धेरै पाएँ ।’ तपाइको अभिनय निकै राम्रो थियो भन्नेहरु पनि उनले धेरै भेटिन् । उनी भन्छिन्-‘दर्शकले यती धेरै चासो देखाउनु भयो, म त मख्खै परेँ ।’

‘राधा’को सुटिङका क्रममा इलाम पुग्दा होस् या प्रेसमिटका लागि पोखरा पुग्दा नै किन नहोसे । उनले जति दर्शक भेटिन्, सबैले न्यासि्रएको भावमा कुरा गरे । सञ्चिता भन्छिन्-‘दर्शकहरुले तपाईको चलचित्र हेर्न आतुर छौं भन्नु भयो, निकै खुसी लागेको छ ।’

चलचित्र रिलिजको छेकोमा गरिएको कार्यक्रम आफ्नो लागि अझै फलदायी हुने उनको बुझाई छ । अभिनयमा निरन्तर अघि बढ्ने सोच बनाएकी सञ्चिताले ‘नाई नभन्नु ल-३’ बाट कमब्याक गरेकी थिइन् ।

‘राधा’मा सोलो भुमिका निर्वाह गरेको बताउने सञ्चिता दर्शकको अपेक्षा पुरा गर्ने दाबी गर्छिन् । यसमा उनले इलाममा जन्मेकी एउटी संघर्षशील छोरीको भुमिका निर्वाह गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment