Comments Add Comment

सुर्खेतमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन सुरु

airport-site-study-team
विमानस्थल बनाउन प्रस्तावित स्थानको स्थलगत अध्ययन गर्दै टोली

८ कात्तिक, छिन्चु । सुर्खेतको भेरीगंगा नगरपालिकामा अन्तराष्ट्रियस्तरको क्षेत्रिय विमानस्थल बनाउन सम्भाव्यता अध्ययन शुरु भएको छ ।

यसअघि पूर्वसम्भाव्यता अध्ययन टोलीले सो क्षेत्रमा विमानस्थल निर्माण गर्न उपयुक्त भएको प्रतिवेदन पर्यटन मन्त्रालयमा बुझाएको थियो ।

हाल विमानस्थल निर्माणका लागि आवश्यक भौगर्भिक र सम्भाब्यता अध्ययन गर्नकालागि काठमाडौंस्थित टिएइसी अन्सलट्यान्ट, इन्जिनियरिङ एण्ड एजुकेशनल सर्भिसेज र एनोट एण्ड आर्किटेक्टले जिम्मा पाएका छन् । अध्ययन टोलीलाई पाँच महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ  । टोलिमा भूगर्भविद कृष्णकुमार श्रेष्ठ, ईन्जिनियर निश्छल नेपाल र सर्भेयर राजिव बराल छन् ।

अध्ययन टोलीले प्रस्तावित क्षेत्रको जंगलमा गत शनिवार स्थलगत अनुगमन गरेको छ भने आइतवारका दिन भेरीगंगा नगरपालिका लगाएत स्थानीय राजनैतिक दल, बुद्धिजिवी र सरोकारवाला निकायसँग अन्तर्क्रिया पनि गरेको छ ।

कार्यक्रममा सर्भेयर बरालले विमानस्थल निर्माणका लागि पूर्वसम्भाब्यता अध्ययन पश्चात यो दोश्रो चरणको कार्यक्रम भएको र अध्ययन टोलिले बिस्तृत अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउने बताए ।

प्रस्तावित विमानस्थल ६ नम्बर प्रदेशको राजधानी सुर्खेतको प्रवेशद्वारको रुपमा रहेको भेरीगंगा नगरपालिकाको ३ वटा सामुदायिक वन क्षेत्रभित्र पर्दछ । विमानस्थलका लागि करिब ३ किलोमिटर चौडाई र ११ किलोमिटर लम्बाई रहेको समथर जमिन रहेको, त्यस वरपर रत्न राजमार्ग र छिन्चु-जाजरकोट सडक रहेको, प्रस्तावित क्षेत्र नजिकै भेरी नदी र भेरी बबई बहुउद्देश्यीय आयोजना रहेको तथा नजिकै प्रशस्त पर्यटकीय स्थलहरु रहेको हुँदा पनि सो क्षेत्र विमानस्थल बनाउन उपयुक्त हुने धारणा राजनैतिक दलका प्रतिनिधीहरुले राखेका थिए  ।

interaction-with-local-people
स्थानीयसँग गरिएको अन्तर्क्रिया

यसैगरी कर्णाली करिडोर, जाजरकोट, डोल्पा हुँदै नेपाल र तिब्बतको  नाक्चेनाक्ला सिमाना जोड्ने करिडोर, नेपाल सरकारको निर्माणाधिन स्मार्टसिटी पनि यहि नजिकै रहेको हुँदा यो ठाउँ क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि अति उत्तम रहेको कार्यक्रममा सहभागीहरुले बताए ।

हाल सुर्खेत जिल्लाको बिरेन्द्रनगरमा रहेको बिमानस्थलको धावनमार्ग छोटो भएको र नजिकै ठूलो पहाड पनि भएको हुँदा बिमानस्थल बिस्तार गर्न जग्गा पर्याप्त छैन । त्यहाँ हुँदा ठूला जहाजहरु अवतरण गर्न सकिरहेका छैनन् । राजधानी काठमाडौं र अन्य ठाउँमा यात्रा गर्नका लागि पनि सुर्खेतबाट करिव ३ घन्टाको बस यात्रा पश्चात नेपालगञ्जबाट बिमान चढनुपर्ने बाध्यता छ । त्यसैले सुर्खेतको भेरीगंगा नगरपालिकामा अन्तराष्ट्रियस्तरको क्षेत्रिय विमानस्थल बनाएमा पर्यटकीय क्षेत्रको बिकास, आवत जावतमामा सहजता र स्थानीय जडिबुटीहरुको प्रवर्द्धनमा टेवा पुग्ने उद्योग वाणिज्य संघ-भेरीका सचिव सोमराज ढकालले बताए ।

भौगर्भिक तथा सम्भाब्यता अध्ययन टोलिले सरोकारवालासँगको अन्तर्क्रिया पश्चात तिहार लगत्तै जिल्लास्थित सरकारी कार्यालय प्रमुख र राजनैतिक दलहरुहरुसँग अन्तर्क्रिया गरी अध्ययनको काम थालिने टोलीका इन्जिनियर निश्चल नेपालले जानकारी दिए ।

– सोमराज ढकालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment