Comments Add Comment

भुजी लिग फुटवलमा पूर्व बिजेता चोचोङको खराव प्रदर्शन

bhuji-league-ramechhap

८ कात्तिक,रामेछाप । पूर्व बिजेता चोचोङ युथ क्लबले रामेछापको भुजीमा जारी जिल्लाकै सर्बाधिक पुरस्कार राशीको भुजी लिग रनिङ शिल्ड फुटवल प्रतियोगितामा खराव प्रदर्शन गरेको छ ।

प्रतियोगिताको दोस्रो दिन आइतबार भएको खेलमा चोचोङ काठमाडौंको बेथलेहेन युथ क्लबसँग १-१ गोलको बराबरीमा रोकिएको छ ।

यस अघि प्रतियोगिता अन्तर्गत शनिबार भएको आफ्नो पहिलो खेलमा पनि चोचोङले बराबरीको नतिजा आत्मसाथ गरेको थियो । चोचोङ अर्काे पूर्व बिजेता गुप्तेश्वरसँग गोलरहित बराबरीमै रोकिएको थियो । दुई बराबरीसँगै लिग कम नक आउट सिस्टममा खेलाइएको प्रतियोगितामा चोचोङले दुई अंक मात्रै जोडेको छ ।

चोचोङ २०७१ तथा गुप्तेश्वर ०७२ को बिजेता टोली हो । प्रतियोगिता अन्तर्गत आइतबारको अन्य खेलमा ओखलढुङगा खिजीको परिवर्तन युथ क्लब र रामेछापको लेशु खोला जलबिद्युत आयोजनाले भने जित हात पारेका छन् ।

रस्नालुको रानी पोखरी क्लबलाई ३-१ गोलअन्तरले पराजित गर्दै परिवर्तनले बिजयी सुरुवात गरेको हो । यस्तै लेशु खोला जलबिद्युतले माईक्रो हाइड्रो भुजीलाई २-१ गोलअन्तरले पराजित गर्‍यो ।

पि्रतिको मिलनचोक युथ क्लब, हुपिन चुली युनाइटेड युथ क्लब, लीखुभुजी रामेछाप युथ क्लब र दुरागाऊको सृजनशील युथ क्लबले पनि प्रतियोगितामा बिजयी सुरुवात गरेका छन् ।

मिलनचोक युथ क्लबले युनाइटेट रस्नालु युथ क्लबलाई, हुपिन चुलीले सुनुवार युनाइटेड युथ क्लबलाई र सृजनशीलले लिखु भुजीलाई समान १-० गोलअन्तरले पराजित गरेको हो ।

आगामी कात्तीक १२ गत्ते सम्म चल्ने प्रतियोगितामा जिल्लाका बिभिन्न २४ टोलीका सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment