Comments Add Comment

मेलिनाको गीतमा रीश्माको मोडलिङ

risma-and-gambir
नायिका रीश्मा गुरुङले मोडलिङ गरेको पहिलो म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । ‘लेक फूल्ने’ बोलको गीतको म्यूजिक भिडियोमा रीश्माले कोरियोग्राफर गम्भिर बिष्टसँग पर्दा शेयर गरेकी छिन् । ‘कबड्डी र कबड्डी कबड्डी’मा अभिनय गरेकी रीश्मा चलचित्र क्षेत्रमा पनि चर्चामा छिन् ।

यो भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । ‘मेलिना’ एल्बममा समावेश गीतमा मेलिना राइको स्वर, उत्तमजंग लिम्बुको शब्द तथा संगीत छ । भिडियोमा निशान घिमिरेको सम्पादन, उत्सव दाहालको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment