Comments Add Comment

रुपन्देही डेंगुको उच्च जोखिममा, ५ जना संक्रमित भेटिए

dengue

९ कात्तिक, काठमाडौं । डेंगुको उच्च जोखिममा रहेको रुपन्देही जिल्लामा ५ जनामा डेंगु संक्रमण देखिएको छ ।

बुटवल उपमहानगरपालिका ११ र १२ मा थप दुई जनामा संक्रमण देखिएपछि जिल्लामा डेंगु संक्रमितको सङ्ख्या ५ पुगेको छ ।

सात बर्ष अघिदेखि रुपन्देहीमा देखिएको डेंगु संक्रमणबाट अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको छ ।
आर्थिक बर्ष २०६८/०६९ मा ५ जना , २०६९/०७० मा २५ , २०७०/०७१ मा १२, २०७१/०७२ मा ९ र २०७२/०७३ मा ७ जनामा डेंगुको संक्रमण फेला परेको हो । यो बर्ष कार्तिक सम्ममा ५ जना नंया संक्रमित फेला परेका हुन् ।

डेंगुको संक्रमणबाट जोगिने सबैभन्दा उत्कृष्ट तरिका घर वरपर सरसफाइ राख्नु नै भएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ ।

‘हामीले मौरी पालेझैं लामखुट्टे पनि नजानिदो तरिकाले घरभित्रै पालेका छौं’ जनस्वास्थय कार्यालय रुपन्देहीका भेक्टर केन्ट्रोल निरिक्षक केदारनाथ शाहले भने, ‘यसले नै हामीलाइ सिध्याउछ समयमै सचेत बनौं ।’

उनले रुपन्देही डेंगुको उच्च जोखिममा रहेकोले सबै समयमै सचेत बन्नुपर्ने बताउछन् ।

बुटवल आसपासका क्षेत्रमा डेङ्गुको संक्रमण बढ्दै जादा यहंँका बासिन्दामा समेत त्रास फैलिएको छ ।

लामखुट्टेले गमला, थोत्रा टायर, थोत्रा प्लास्टिक तथा टिनका डव्वा, अलकत्रा ड्रम तथा पुराना टिनका भाडाहरु, एयर कूलर, पानी राख्ने ड्रमहरुमा फुल पार्ने गर्दछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय र बुटवल उपमहानगरपालिकाले डेंगु नियन्त्रणका लागि संयुक्त रुपमा घरदैलो अभियान सुरु गर्दैछ । कार्तिक १० र ११ गते बुटवल उपमहानगरका साबिक १५ वटा वडामा घरदैलो गरिने जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

श्ारीरका छालाहरुमा रगत जमेका जस्ता दागहरु देखापरेमा, नाक तथा गिजावाट रगत बगेमा, पेट दुख्नू वा कालो दिशा आएमा डेंगु लागेको हुन सक्ने भन्दै सचेत रहन चिकित्सकले सुझाएका छन् । डेंगु ज्वरो एडिस एजिप्टाइ जातको संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment