Comments Add Comment

नगरपालिकाको कार्यालयमा पशु चौपाया !

kapilbastu-vdc१० कात्तिक, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको अधिकांश भौतिक संरचना प्रयोग विहीन भएका छन् ।
कपिलवस्तुको चनई, विरपुर,शिवपुर, विशनपुर र जौवभारी गाउ विकास समिति  मिलेर शिवराज नगरपालिका बनेपछि गाविसको भौतिक सरंचना प्रयोग विहीन भएका हुन् ।

विरपुर र शिवपुरका गाविसका भौतिक संरचना मात्र प्रयोगमा रहेको अन्य भौतिक सरंचना भतभुङगा आस्थामा रहेको छ । नगरपालिकाले भौतिक संरचनाको हेराचाह नगर्दा करोडौको सम्पति प्रयोग बिहीन भएका हुन् ।

चनई गाउँमा रहेको गाविसको कार्यलायमा स्थानीयले पशु चौपया बाध्दै आएका छन् । जवभारी गाविस कार्यालाय  खण्डहरको रुपमा परीणत हुँदै गएको छ । विशनपुरको गाविसको कार्यलाय पनि प्रयोग विहिन अवास्थामा रहेको छ ।

नगरपालिकाले चन्द्रौटालाई मात्र केन्द्र मानेपछि अन्य क्षेत्रको विकास पनि पछिपरेको शिवराज नगरपालिका ४ चनईका रमेश यादवले बताए ।

शिवराज नगरपालिका र  राजनितीक दलका प्रतिनिधीहरुले चनई, विशनपुर र जौवभारीको कर्यलाय प्रयोगमा ल्याउने पटक पटक अस्वासन दिए पनि हालसम्म कुनै पहल नगरेको स्थानीयको आरोप छ ।

यस्तै कपिलवस्तुको कृष्णनगर नगरपालिकाको शिवानगर र र्शिसिहवा गाविसका कार्यलय प्रयोग विहीन रहेको छ । कृष्णनगर नरपालिकाले वडा कार्यलाय स्थापना गर्ने अस्वासन दिए पनि तीन बर्षदेखि प्रयोग विहीन अवास्थामा रहेको  छ ।

वडा कार्यलय स्थापना नहुदा सानो सानो कामको लागि पनि नगरपालिका धाउनु पर्ने बध्यता रहेको र्शिसिहवाका मुक्तेश्वर मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment