Comments Add Comment

तिहारमा फलफूलको भाउ छोइनसक्नु ! मूल्य सूचीसहित

fru

१४ कात्तिक, काठमाडौं । आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरी मनाइँदै छ । पूजामा प्रसादको रुपमा तथा पाउनको स्वागत सत्कारका लागि फलफूलको प्रयोग बढ्दो छ । त्यसमा पनि मंगलबार भाइ पूजा आउँदै छ ।

दिदीबहिनीहरुले पनि दाजुभाइको पूजा गर्दै उपहारस्वरुप फलफूल तथा मिठाई दिने चलन छ । फलफूल स्वास्थको लागि निक्कै फाइदाजनक खाद्यवस्तु हो ।

प्रमुख चाडपर्वका बेला देशभरी फलफूलको व्यापार ५० प्रतिशतले बढ्छ । व्यापारीहरुले पनि मौकाको फाइदा उठाउँदै आफूखुसी मूल्य तोक्ने गर्छन् । चाडबाडका बेला होलसेल र खुद्रा मूल्यमा प्रतिकिलो ५० रुपैयाँभन्दा पनि बढी फरक पर्नेगरेको छ ।

गे्रडिङ गरिएका कारण सबै फलफूलको मूल्य एकनास छैन । अझ थोकबजारबाट ल्याएर खुद्रा व्यापारीले मूल्य धेरै बढाउँदा बजारमा मूल्यमा एकरुपता छैन । यसैका कारण उपभोक्ताहरु ठगिने गरेका छन् ।

‘होलसेल बजारमा अरुबेलामा भन्दा तिहारमा बढी फलफूल व्यापार हुन्छ’, बल्खु फलफूल थोक बजारमा व्यापारी हरिप्रसाद सापकोटाले भने, ‘सेल्स बढी हुने हुँदा नाफा भने कम राख्छौं ।’

तर, खुद्रा व्यापारीले भने बढी नै मूल्य राख्ने गरेको उनले बताए । एकपटक होलसेलबाट फलफूल उठाएपछि बिक्री नभइ बिग्रेको अवस्थामा उनीहरुकै नोक्सान हुने भएकाले खुद्रामा केही बढी हुनु स्भाविकै भएको उनको भनाई छ ।

कुनको मूल्य कति ?

falful-fruit

बजारमा फरक फरक मूल्यका विभिन्न प्रजातिका स्याउ पाइन्छन् । सामान्य स्याउको खुद्रा मूल्य बजारमा प्रतिकिलो १ सय ३० रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म छ ।

यसैगरी झोले स्याउ प्रतिकिलो १८० रुपैयाँदेखि २ सय रुपैयाँ र फुजी प्रतिकिलो ३ सय रुपैयाँदेखि ३ सय १० रुपैयाँ खुद्रा मूल्य पर्छ ।

बढी शक्तिवर्धक मानिने फलफूल आनारको खुद्रा मूल्य किलोको ३ सयदेखि ३ सय २० रूपैयाँसम्म छ ।

यसैगरी केरा दर्जनको खुद्रा मूल्य १ सयदेखि १ सय १० रुपैयाँसम्म पर्छ भने सुन्तला प्रतिकिलो खुद्रा बजारमै १ सय २० रुपैयाँदेखि १ सय ३० रुपैयाँसम्म पर्छ ।

एक केजी मौसमको खुद्रा मूल्य १ सय ६० रुपैयाँदेखि १ सय ७० रुपैयाँ छ । त्यस्तै नास्पातीको मूल्य प्रतिकिलो खुद्रा बजारमा १ सय २० रुपैयाँदेखि १ सय ३० रुपैयाँसम्म पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment