Comments Add Comment

मृत अवस्थामा फेला परे गुरुङ

१५ कात्तिक, बुटवल । बुटवल उपमहानगरपालिकामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । बुटवल ५ गोलपार्कका वीरबहादुर गुरुङ गएराति मृत अवस्थामा फेला परेका हुन् ।

man-found-dead-at-late-congress-ministerबुटवल  उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमाना बुटवल १४ को बराह पुलमुनि गुरुङको शव फेला परेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

उनको शिरमा गम्भीर चोट लागेको छ । गुरुङको  हत्या भएको अनुमान गरिएको छ ।

घटनाका विषयमा अनुसन्धान भइरहको प्रहरी नायव उपरीक्ष मुकुन्द मरासिनीले बताए । एक हप्ताको अवधिमा बुटवलमा तीन जनाको हत्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment