Comments Add Comment

‘विनर’ नचल्दै ‘द विनर २’ को घोषणा

the-winner-press-meet-3

नेपाली चलचित्रमा अहिले सिक्वेल बनाउने होडवाजी नै चलेको छ । पछाडि रिटन्र्स वा २ थपेर अर्कै कथामा चलचित्र पनि बनिरहेका छन् । भोलीबाट देशभर एकसाथ रिलिज हुन लागेको चलचित्र ‘द विनर’को पनि सिक्वेल बन्ने भएको छ । आज काठमाण्डौमा आयोजना गरिएको कार्यक्रममा चलचित्रको सिक्वेल बन्ने जानकारी दिइयो ।

‘द विनर २’ नाम राखेर तयार हुन लागेको चलचित्रको छायांकन पनि विदेशमै हुनेछ । चलचित्रका कलाकार केहि हेरफेर भएपनि सिक्वेल भएकाले ‘द विनर’कै धेरै कलाकार हुने जानकारी निर्माणपक्षले दिएको छ ।

भोलीबाट देशभरका हलमा रिलिज हुन लागेको चलचित्र ‘द विनर’लाई हिक्मत विष्टले निर्देशन गरेका हुन् । उनले चलचित्रको हरेक पक्ष उत्कृष्ट बनेको भन्दै नेपाली चलचित्र क्षेत्रलाई नया“ उचाइमा लैजाने विश्वास व्यक्त गरे । the-winner-press-meet-2 the-winner-press-meet-4 the-winner-press-meet-5

यो चलचित्रमा महेशमान श्रेष्ठ, मनचिन शाक्य, मलिना जोशी, रोयल मास्के, राजकुमार पन्त, अमित गिरी, रेसु तामाङ, पुजा श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । अष्ट्रेलिया, दुबई र नेपाललाई उच्च स्तरिय प्रविधीमा खिचिएको चलचित्रको बजेट साढे २ करोड बताइएको छ ।

देश तथा विदेशबाट आएको प्रतिक्रियाले उत्साहित भएर पनि चलचित्रको सिक्वेल बनाउन लागिएको निर्माणपक्षले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment