Comments Add Comment

पूर्वमा गोली हान्ने आपराधिक समूह सक्रिय

१९ कात्तिक, काठमाडौं । पूर्वाञ्चलमा व्यक्ति हत्या गर्ने हतियारधारी समूह परिचालन गर्ने गरेको पाइएकोछ  ।

Khelauna-Pestolसुरुमा सगोलमा व्यापार व्यवसाय सञ्चालन गर्ने र आर्थिक लेनदेनमा मनमुटाव भएपछि हतियारधारी समूहलाई सूपारी दिएर साथीको हत्या गर्न लगाउने गरेको पाइएको हो ।

सुनसरीको तरहरास्थित भोजपुरे लजमा मंगलबार धनकुटाका तोरणबहादुर पौडेल र लजका सञ्चालक जंग राई तथा असोजमा भोजपुरका प्रकाश खत्रीमाथि प्रहार भएको गोली काण्डको घटनामा हतियारधारी समूहले सुपारी लिएर ज्यान मार्ने उद्देश्यका साथ गोली प्रहार गरेको खुलासा भएको आजको अन्नपूर्णमा समाचार छ ।

भोजपुरे लजमा तीन महिनादेखि बस्दै आएका धनकुटाको चानुवा गाविसका पौडेल र लज सञ्चालक राईमाथि हतियारधारी समूहले ज्यान मार्ने उदेश्यका साथ गोली प्रहार गरी गम्भीर घाइते बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment