Comments Add Comment

मधेस पसेका एमाले नेताले हौसिँदै भने-सोचेको भन्दा राम्रो भयो !

शत्रुघन महतोको दाबीः एमाले 'कम ब्याक' भयो

uml-madhes1-ejpg१९ कात्तिक, काठमाडौं । मधेसविरोधी दलका रुपमा प्रचारित नेकपा एमालेका नेताहरुको ठूलो समूह विहीबार जनकपुरमा थियो । जनकपुरबासीहरु एकातर्फ छठको तयारीमा व्यस्त थिए भने अर्कातिर भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गर्नका लागि जनकपुरबासीले तयारी गरिरहेका थिए । त्यहीबेला जनकपुरमा एमालेले विहीबार सभाको आयोजना गर्‍यो ।

छठ तथा दिपावलीको अवसरमा शुभकामना आदान प्रदानका लागि आयोजना गरिएको एमालेको कार्यक्रममा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले मैथिली, भोजपुरी र बज्जी, तीनवटा भाषामा भाषण गरे ।

महासचिव ईश्वर पोखरेलले पनि मैथिलीमै भाषण गरे । सभामा अर्का पूर्वप्रधानमन्त्री झलनाथ खनाल पनि सयपत्री फूलको माला लगाएर सहभागी भएका थिए ।

एमालेले सुरु गरेको चार महिने संगठनात्मक अभियान अन्तरगत विहीबार जनकपुरमा आयोजना गरिएको शुभकामना आदान-प्रदान कार्यक्रम दुई नम्बर प्रदेशको पहिलो कार्यक्रम हो ।

छठको दुई दिन अघि आयोजना गरिएको कार्यक्रममा जनकपुरमा भेला हुने नेताहरुमा पार्टीका उपमहासचिव घनश्याम भुसाल र सचित्रय प्रदीप ज्ञवाली, गोकर्ण विष्ट र योगेश भट्टराईसमेत थिए । समारोहमा एमाले नेता सत्यनारायण मण्डल, शत्रुघ्न महतो, बंशीधर मिश्र र नागेन्द्र चौधरीलगायतका नेताहरु पनि थिए । दुई नम्बर प्रदेशका एमाले सांसदहरु पनि कार्यक्रममा सहभागी थिए ।

uml-m-adhesमधेसको गढमा सफलतापूर्वक सभा सम्पन्न गरेपछि पार्टी सचिव एवं प्रचारविभाग प्रमुख योगेश भट्टराईले अनलाइनखबरसँग भने-‘जनकपुरको कार्यक्रम हामीले सोचेको भन्दा राम्रो भयो, मधेसमा एमालेको जनमत घटेको हल्ला चलाइएको थियो, अब यसको जवाफ आगामी निर्वाचनले दिनेछ ।’

धनुषाका सांसद एवं एमाले पोलिब्यूरो सदस्य शत्रुघ्न महतोले राजमार्ग दक्षिणमा अब एमालेको ‘कमब्याक’ शुरु भएको दाबी गरे ।

लोकमानको फेर नसमातौं, संविधान संशोधनमा एमाले तयार छ

जनकपुरको सभा सकेको भोलिपल्ट एमाले सचिव योगेश भट्टराई वीरगञ्ज पुगेका छन् । शुक्रबार बिहान त्यहाँ उनले पत्रकार सम्मेलन आयोजना गरे ।

पत्रकार सम्मेलनमा बोल्दै एमाले नेता भट्टराईले लोकमानसिंह कार्कीको फेर समातेर नहिँड्न नेपाली कांग्रेसलाई सुझाव दिएका छन् ।

साथै सरकारले अहिलेसम्म संविधान संशोधनका विषयमा एमालेसँग कुनै परामर्श नगरेको भट्टराईले बताए । एमाले सिद्धान्ततः संविधान संशोधनको विपक्षमा नरहेको भन्दै भट्टराईले सरकारबाट संशोधनको खाका आएपछि त्यसलाई हेरेर धारणा बनाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment