Comments Add Comment

‘पूर्व मिस नेपाल’ मलिना जोशी, चलचित्रमा ‘विनर कि लुजर’

the-winner-premeri-2

नेपाली चलचित्रमा मिस नेपालहरुको यात्रा खासै सुखद छैन । अधिकांश मिस नेपालले चलचित्रलाई नै करिअर बनाएतापनि सफलता चाख्न सकेनन् । कुनै न कुनै रुपमा धेरैजसो मिस नेपाल चलचित्रसँग नै जोडिएका छन् ।

पूर्व मिस नेपाल मलिना जोशी पनि अहिले चलचित्रमा सफलता खोजिरहेकी छिन् । मलिनाले अभिनय गरेका कुनै पनि चलचित्र सफल नहुनुले पनि उनको करिअर अझै धरमराउँदो अवस्थामा छ भन्ने देखिन्छ । ‘ऋतु होस् या झुम्की’ नै किन नहोस्, दर्शकले उनलाई पत्याएनन् ।

आजबाट देशभर मलिनाको मुख्य भूमिका रहेको चलचित्र ‘द विनर’ रिलिज भएको छ । सोलो रिलिजको अवसर पाएको यो चलचित्रमा मलिनाको भूमिका दर्शकलाई सरप्राइज दिने खालको छ ।

मेकिङमा निकै सफल देखिएको यो चलचित्रको कथावस्तुलाई पनि चलचित्रकर्मी, पत्रकारले रुचाएका छन् । यो चलचित्रमा चिनिएकी एक मात्र कलाकार हुन् मलिना । अरु सबैजसो कलाकार चलचित्रबाट यो क्षेत्रमा प्रवेश गर्दैछन् । भलै, चलचित्र हेरिसकेपछि कलाकार नयाँ लाग्दैनन् ।

मलिनाले आफ्ना दर्शकलाई यो चलचित्र हेरिदिन आग्रह गरेकी छिन् । उनले फेसबुकमार्फत दर्शकलाई बारम्बार यो चलचित्र हेर्न आग्रह मात्र गरिनन्, राम्रो-नराम्रो जस्तो लागेपनि प्रतिक्रिया दिन आग्रह पनि गरेकी छिन् । हाल चलचित्र ‘रानी’को छायांकनमा व्यस्त यी सुन्दरीले बारम्बार चलचित्र हेर्न दर्शकलाई आग्रह गर्नुले पनि उनी यो चलचित्रलाई लिएर कति उत्साहित छिन् भन्ने प्रष्ट हुन्छ ।

‘मिस नेपाल’को ताज जितेर सौन्दर्य प्रतियोगीतामा ‘विनर’ बनिसकेकी मलिना चलचित्र क्षेत्रमा भने ‘विनर हुन्छिन् कि लुजर’, यो चलचित्रको व्यापारले बताउनेछ । यो चलचित्रमा एउटा संवाद छ । ‘यो संसारमा २ प्रकारका मानिस हुन्छन् । एउटा विनर र अर्को लुजर ।’

मलिना चलचित्र क्षेत्रमा के बन्नेछिन्, केहि दिन प्रतिक्षा गरौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment