Comments Add Comment

निखिलले संचितालाई नपत्याएकै हुन् त ?

sanchita-luitel-3
नायक निखिल उप्रेती एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । बर्षमा एउटा चलचित्र त उनले बनाएका पनि छन् । तर, निखिलको चलचित्रमा न उनकी श्रीमति तथा नायिका संचिता लुइटेल अटाएकी छिन् त निखिलको चलचित्रको बारेका केहि नै बोल्ने नै गर्छिन् ।
sanchita-luitel-1 sanchita-luitel-2
आखिर, किन संचितालाई लिएर निखिल चलचित्रमा काम गर्दैनन् । संचितालाई लाग्छ, उनलाई निखिलले नपत्याएको पनि हुनसक्छ । तर, संचिता आफू एउटै व्यक्तिले बनाएको कलाकार नभएको पनि बताउँछिन् । उनका अनुसार आफ्नै क्षमताले बनेको कलाकार भएकाले पनि उनले निखिलको चलचित्रमा भूमिका खोज्न चाहिनन् । sanchita-luitel-6 sanchita-luitel-7
संचिताले चलचित्र ‘नाई नभन्नु ल ३’बाट यो क्षेत्रमा कमब्याक गरिन् । उनी अभिनित चलचित्र ‘राधा’ अहिले बक्स अफिसमा राम्रै व्यापारका साथ अगाडि बढिरहेको छ । आफ्नो फिगरलाई मेन्टेन गर्न सिपालु मानिएकी संचिताको सुन्दरताको तारिफ सधै नै हुन्छ ।

sanchita-luitel-8

तस्बिरः कमल प्रसाई 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment