Comments Add Comment

…र, नेपाली चौकीदारका छोरा बने अर्बपति

acharya-balkrishna

२० कात्तिक, काठमाडौं । भारतको लोकप्रिय योगगुरु बाबा रामदेवको नजिकको सहयोगी आचार्य बालकृष्णको कहानी कुनै किंवदन्ती भन्दा कम छैन । एक गरीब नेपाली चौकरीदारको परिवारमा जन्मिएका बालकृष्ण अहिले भारतको ५० शीर्ष अर्बपतिको सूचीमा परेका छन् ।

४४ वर्षका आचार्य बालकृष्ण भारतमा सबैभन्दा तीव्र गतिमा अघि बढिरहेको उपभोक्ता सामान बनाउने कम्पनी पतंजली आर्युवेद लिमिटेडका प्रबन्ध निर्देशक हुन् । फोर्ब्सको अनुसार बालकृष्ण भारतका ४८ औं धनी व्यक्ति हुन्, जसको कुल सम्पत्ति डाई अर्ब डलर छ ।

आचार्य बालकृष्णको कोठामा कुनै कम्प्युटर वा ल्यापटप छैन, सम्वादका लागि एउटा आइफोन प्रयोग गर्छन् । र, एक दिन पनि छुट्टी लिँदैनन्

उनको कम्पनीले श्याम्मुदेखि अनाजसम्म र साबुनदेखि चाउचाउसम्म रहेक चिज बेच्छ । हरिद्धारमा नेपाली माता-पिताको घरमा जन्मिएका आचार्य बालकृष्ण अहिले पनि एक आम जिन्दगी जिउँछन् र पतंजली आयुर्वेदको दैनिकको कामकाज उनकै जिम्मामा छ ।
हरिद्धारको आफ्नो कार्यालयमा कुराकानी गर्दै उनले भने, कम्पनीको सम्पत्ति मेरो निजी होइन । त्यो त ब्राण्डको हो, जो समाजको विभिन्न क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।’

आम जीवन जिउँछन्, छुट्टी लिँदैनन्

आचार्य बालकृष्णले पतंजली आयुर्वेद लिमिटेडमा ९७ प्रतिशतको स्वामित्वको साथ अमेरिकी पत्रिका फोब्र्सको सूचीमा यो वर्ष सेप्टेम्बरमा स्थान बनाएका हुन् । यो कम्पनीको स्थापना सन् २००६ मा भारतका लोकपि्रय योगगुरु बाबा रामदेवसँग मिलेर गरिएको थियो ।

ramdev

यो कम्पनीमा रामदेवले निजी हैसियतमा कुनै ‘माकिल हक’ राख्दैनन् । तर, हाई प्रोफाइल योग गुरु पतंजली आयुर्वेदको अनुहार पनि हो । कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा रामदेव यसको उत्पादनको प्रमोसनका साथै विज्ञापन गर्दै आएका छन् ।

बालकृष्ण भन्छन्, अर्बपतिहरुको सूचीमा उनको नाम आउनु पतंजलीमा भारतीय उपभोक्ताहरुको बढ्दो विश्वासको प्रमाण हो, जसले बजारमा करिब साढे ३ सय उत्पादन बेच्छ । उनले भने, कम्पनीको सम्पत्ति कसैको निजी होइन, यो समाज र समाज सेवाका लागि हो ।’

आचार्य बालकृष्ण पतंजली योगपीठ ट्रष्टको महासचिव पनि छन्, जसले करिव ५ हजार पतंजली क्लिनिक र एक लाख कक्षा सञ्चालन गर्छ ।

बालकृष्ण पतंजली विश्वविद्यालयका कुलपति पनि हुन्, जसको योजना जडिबुटीमा आधारित औषधिको शिक्षाको विस्तार गर्नु हो । उनी पतंजली योगपीठको मुख्यालयको मुख्य भवनमा बनेको अस्पतालको पहिलो तलामा साधारण कोठामा काम गर्छन् ।

patanjali-1

उनको कोठामा रहेको बाबा रामदेवको तस्वीर, एक बौद्ध पेन्टिङ, केही किताब र स्मारिकको कारण अध्यात्मिक जस्तो लाग्छ ।

आचार्य बालकृष्णको कोठामा कुनै कम्प्युटर वा ल्यापटप छैन र भन्छन्, उनीसँग यो चिज छैन पनि । अर्बपति बालकृष्ण भन्छन्, उनको सहयोगी उनका लागि कम्प्युटरको जरुरी काम गर्छन् र सम्वादका लागि एउटा आइफोन प्रयोग गर्छन् । र, एक दिन पनि छुट्टी लिँदैनन् ।

उनी भन्छन्, मेरो आफ्ना लागि कुनै योजना छैन । त्यसैले मैले छुट्टी लिएर पनि के गर्नु ? म हरेक दिन विहानदेखि बेलुकासम्म काम गरिरहन्छु र आफ्नो उर्जा र समय शतप्रतिशत आफ्नो काममा दिन्छु ।’

आचार्य बालकृष्णका अनुसार उनी र बाबा रामदेव ११ हजार कर्मचारी भएको यो कम्पनीबाट तलब पनि लिँदैनन् ।

कसरी भेट भयो रामदेवसँग ?

आचार्य बालकृष्ण भने पतंजलीको विकास र बीजेपी सरकारबीच कुनै सम्वन्ध छैन भन्छन् । भन्छन्, कम्पनीको यो प्रगति दुई दशकको कठिन परिश्रमको फल हो

आचार्य बालकृष्ण आफ्नो बाल्यकाल नेपालको स्याङ्जा जिल्लामा बिताए, जहाँ उनले कक्षा पाँचसम्म अध्ययन गरे । उनले बताए अनुसार जन्म भने हरिद्धारमै भएको हो, जतिबेला उनका पिता त्यहाँ चौकीदारको रुपमा काम गर्थे । अहिले भने उनका माता पिता नेपालकै पुख्र्यौली घरमा बस्दै आएका छन् ।

भारत फर्किएपछि हरियाणामा खानपुरको एक गुरुकुलमा अध्ययनका क्रममा १९८८ मा बाबा रामदेवको साथी बने । त्यसपछि दुबैले सँगै काम गर्दै आएका छन् ।

जुन २०११ मा सीबीआईले बालकृष्णविरुद्ध एक मुद्धा हालेको थियो । उनीमाथि आरोप थियो कि उनका धेरै डिग्री र कागजपत्र नक्कली छ, जसमा उनको पासपोर्ट पनि पर्छ ।

बालकृष्णले भने अहिले पनि त्यो आरोपको खण्डन गर्छन् । उनको दाबी छ कि उनीविरुद्ध लगाइएको आरोप युपी सरकारको एक योजनाबद्ध षड्यन्त्र थियो ।’

उनले बताए अनुसार बाराणसीको संपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट पाएको प्रमाणपत्र छ । कागजपत्रलाई सम्हालेर राख्ने र आवश्यक पर्दा पेश गनेए जिम्मेवारी विश्व विद्यालयको समेत भएको उनको दाबी छ ।

२०१२ मा जब सीबीअईले बोलाउँदा उनी कथित रुपमा फरार भए । त्यसपछि उनीविरुद्ध अर्को मुद्धा लाग्यो । उनका आलोचकहरु भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वदेशीको बढवा दिने र स्थानीय ब्राण्डको बीचमा एक लिंक देख्छन् ।

तर, आचार्य बालकृष्ण भने पतंजलीको विकास र बीजेपी सरकारबीच कुनै सम्वन्ध छैन भन्छन् । भन्छन्, कम्पनीको यो प्रगति दुई दशकको कठिन परिश्रमको फल हो ।

प्रेरणाको स्रोत आमा

पतंजलीको वेबसाइटमा आचार्य बालकृष्णको परिचय आयुर्वेद, संस्कृत भाषा र वेदको महान ज्ञाताका रुपमा छ, जसले जडिबुटीबारे कयौं किताब र शोधपत्र लेखेका छन् । बाकृष्ण भन्छन् कि पतंजली करिव १०० वैज्ञानिकहरुलाई जडिबुटीको शोधको काम लगाएको छ र एक विश्वकोष तयार गर्ने काम भइरहेको छ ।

patanjali

उनी यो पनि भन्छन् कि उनले करिव ६५,००० किसिमको जडिबुटीमा काम गरेका छन् र दाबी भन्छन्, जडिबुटीको औषधीय गुणबारे लेखिएको उनको एक किताब एक करोड प्रति बिक्री भइसकेको छ ।

उनले बताए अनुसार जडिबुटीबारे जुन विश्वकोषमा काम गरिरहेका छन्, यो करीब डेढ लाख पन्नाको हुनेछ । उनले भने, म मा मेरी आमाको गहिरो प्रभाव छ र उनी मेरो प्रेरणाको स्रोत पनि हो । जडिबुटीमा मेरो ज्ञानको आधार आमाको घरेलु टिप्सहरु हो ।’

बीबीसी हिन्दीबाट अनुवादित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment