Comments Add Comment

मधेसी मोर्चाका नेताको प्रश्नः मुखर्जी हाम्रा नातेदार होइनन्, राजनीतिक कुरा नभएर अरु के हुन्छ त ?

२० कात्तिक, काठमाडौं । नेपाल सद्भावाना पार्टीका अनिल झाले हालै सम्पन्न भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमण फलदायी भएको बताएका छन् ।

Anil Jhaमधेसी मोर्चाका नेता समेत रहेका झाले राष्ट्रपति मुखर्जीसँग भएको भेटमा राजनीतिक विषयमा कुरा भएको बताए । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा भने, ‘मुखर्जी हाम्रो नाता पर्ने होइनन्, उहाँसँग राजनीतिक कुरा नगरेर के गर्ने त ?’

नेपालको संविधान संशोधनबारे भारतको चासो रहेको कुरा कुनै छुपाउनुपर्ने विषय नभएको समेत जिकिर गरे । उनले भने, ‘भारत सरकारले आफ्नो नीति अनुसार बोल्छ नि ।’ झाले अघि भने, ‘एमालेले पनि बोल्न पाउनुपर्छ नि, उसले बोलेरै गरिखाएको छ ।’

नेपाल सद्भावना पार्टीका अध्यक्ष झाले संविधान संशोधन हुन्छ कि हुँदैन भन्नेमा मधेसी जनताहरु अहिले दोधारमा रहेको बताए । उनले भने, ‘सरकारले पटक-पटक संशोधन गर्छु भन्ने मिति तोक्दै नगरेका कारण विश्वास गर्ने अवस्थामा छैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment