Comments Add Comment

वीनरले निर्धारण गर्ने छ मलिनाको फिल्मी करिअर ?

malinaa josi

काठमाडौं । चलचित्र ‘वीनर’ रिलिजसँगै पूर्व मिस नेपाल मलिना जोशीको फिल्मी करिअरको विषयमा चासो राख्नेहरु बढेका छन् । सन २०११ मा मिस नेपालको ताज हात पारेपछि उनी मोडलिङको दुनियाम प्रवेश गरेकी थिइन् ।

केहि म्युजिक भिडियोमा अभिनय गर्दा गर्दै चलचित्र ‘कलिउड’ आइटम डान्स गरेकी मलिनाले उक्त चलचित्रवाट सकारात्मक प्रतिक्रिया पाउन सकिनन् । त्यस बाहेक ऋतु र झुम्कि अन्य दुई फिल्ममा अभिनय गरिन् । ति चलचित्रले पनि उनको फिल्मी करिअर उचो बनाउन भने सकेन ।

अहिले दयाराम दाहाल निर्देशित रानीमा काम गरिरहेकि मलिनाको योजना छ फिल्ममै केहि गर्ने । तर, फिल्ममा केहि गर्ने योजना साकार पार्न उनले भनेर मात्रै हुँदैन दर्शकले पनि पत्याउनु पर्छ ।

आम नेपाली नायिकाको तुलनामा मलिनाको अभिनय कमजोर लाग्दैन । तर, पनि आजसम्म उनको चलचित्र हिट भएको दर्शकले थाह पाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment