Comments Add Comment

जाडोबाट छालालाई बचाउने ७ तरिका

२१ कात्तिक, काठमाडाैं । जाडो मौसममा छालाको विशेष हेरचाह गर्नुपर्छ । किनकि, न्यून तापक्रम र सुख्खा हावाले छालालाई पुर्‍याउँछ । केही साधारण उपायबाट तपाईं आफ्नो छालाको सुरक्षा गर्न सक्नुहुन्छ ।

skin-careविशेषगरी जाडो मौसममा सुख्खा हावाले छालामा रहेको पानीलाई सुकाएर छाला खस्रो बनाउँछ । जसले गर्दा यो मौसममा हात-खुट्टा फुट्नुका साथै चिलाउने र छाला पोल्ने गर्छ ।

छाला सुख्खा हुँदा अनुहारमा पोतो आउने र टाउकोमा चायाँ पर्ने गर्छ । यस्तै, जाडो मौसममा छाला डढ्ने भएकाले छालालाई ढाक्नु नै एउटा उत्तम उपाय हो । यसले छालालाई सुख्खा र खस्रो हुनबाट बचाउँछ । यसबाहेक छालाको हेरचाह गर्न यी कुरामा ध्यान पुर्‍याउनु जरुरी हुन्छः

 

१. नुहाउनुको साटो फोहोरा (सावर) लिने । तातोपानीले नभई मनतातो पानीले सकेसम्म कम समय लगाएर नुहाउने ।

२. छालालाई कम नोक्सान पुर्‍याउने फेसियल क्लिनरको प्रयोग गर्ने । जोजोबा लगायत तेल, सी बटर भएको क्लिनरको प्रयोगमा जोड दिने ।

३. मोइस्चराइजिङ क्रिमको प्रयोग सकेसम्म बिहानको समयमा गर्ने । बेलुकी सुत्नुअघि पनि यो क्रिम लगाउनुस् । दिउँसो पनि एक पटक यसको प्रयोग गर्नु उपयुक्त मानिन्छ ।

४. शरीरमा पानीको कमी हुन नदिन अधिक मात्रामा पानी पिउने । सकेसम्म मदिरा तथा कैफिनको सेवन घटाउने ।

५. तपाईं धेरै समय घरभित्र बस्नुहुन्छ भने सकेसम्म लामो समय हिटर नताप्नु राम्रो हुन्छ । हिटरले तपाईंको छालालाई सुख्खा बनाउन सक्छ । शरीरलाई न्यानो पार्न बाक्लो लुगा लगाउनु उपयुक्त मानिन्छ ।

६. घरबाट बाहिर जाँदा सम्भव भएसम्म बढीभन्दा बढी शरीर ढाक्ने गरी लुगा लगाउनु उचित हुन्छ । यसले तपाईंको छालालाई सुख्खा हुन दिँदैन ।

७. सकेसम्म छालामा प्रत्यक्ष टाँसिने गरी ऊनी लुगा नलगाउनु नै वेश हुन्छ । लगाउनैपरे भित्री भागमा सुतीको लुगा लगाएर त्यसमाथि ऊनी लुगा लगाउनु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment